Comments Add Comment

लालुको पीडाःखुट्टा काट्नुपर्ने भयो, निदाएको रात छैन

भन्छन्-खल्तिमा एक पैसा छैन, सबै उपाय टुङगियो

२९ मंसिर, सुर्खेत । खुट्टाको बिरामी भएर थला परेको पाँच महिना भएपनि जाजरकोट शिवालय गाउँपालिका-५ थालारैकरका ५० वर्षीय लालु शाहीको उपचार हुन नसक्दा समस्या भएको छ ।

दायाँ खुट्टामा रक्त संचार प्रक्रिया बन्द भएपछि काटेर फाल्नु पर्ने भएपनि आर्थिक समस्या हुँदा शाही पीडा बोकेर बस्न बाध्य भएका छन् ।

उपचारका लागी नेपालगंज लगायतका बिभिन्न अस्पतालमा गएपनि कुनै उपाय नलागेपछि फेरि नेपालगंजको वेष्र्टन अस्पतालमा जादा डक्टरले खुट्टा काटेर फाल्नु पर्ने भनेपछि उनी ठूलो संकटमा परेका हुन् ।

उनको दाहिने खुट्टाको एउटा औला मासु कुहिएर झरिसकेको छ भने अरु औलाहरु पनि झर्ने अवस्थामा पुगेका छन् ।

सुरुमा खुट्टामा ठेस लागेर सामान्य घाउँ भएपनि अहिले परै संक्रमण फैलिएर काट्नुपर्ने अवस्थामा पुगेको छ ।

अहिलेसम्म उपचारका लागि घरमा भएको सबै पैसा सकिएको र डाक्टरले सल्यक्रिया गरेर काटेर फाल्न १० लाख बढी खर्च लाग्ने भनेपछि उनको बिचल्ली भएको छ ।

‘उपचारका लागि काठमाडौ जानु पर्ने सल्लाह छ,’ केही दिनदेखि वीरेन्द्रनगरको एक होटलमा बस्दै आएका शाहीले भने,’खल्तीमा एक पैसा छैन,ऋण दिने कोही छ्रैनन्,सबै उपाय टुङ्गयिो ।’

कालापहाडको कमाईले घरखर्च चलाउँने गरेपनि पाँच महिनादेखि आफू बिरामी भएर थलापरेपछि पाँच जना छोराछोरी र श्रीमतीको पालपोषणको चिन्ता थपिएको उनले दुखेसो पोखे ।

उपचारका लागि खर्च जुटाउँन जाजरकोटमा केही नेताहरुलाई भनेपनि कसैले वास्ता नगरेको शाहीको दुखेसो छ । ‘घाउँले लगातार चस्काइरहेको छ, जाजरकोटमा चुनावका बेला उम्मेदवारले लाखौ रकम रक्सी र मासुमा खर्च गरे तर पनि मलाई कसैले वास्ता गरेनन,’ उनले भने,’गरीब तिर कोही पनि हेर्दौ रहेनछ ।’

श्रीमती पदमी शाहीले कमाई गर्ने श्रीमानको यस्तो अवस्था हुँदा निकै पीडा भएको बताइन् । उनले रुदै उपचारमा मात्र १० लाख भन्दा बढी खर्च लाग्ने भएपछि कसरी रकम जोहो गर्ने भन्ने ठूलो चिन्ताले पिरोलेको दुखेसो पोखिने ।

खुट्टामा संक्रमण थप बढ्दै गएकाले तत्काल उपचारका लागि सहयोग सक्दो सहयोग गरिदिन उनले सबैसंग आग्रह गरेकी छन् ।

सहयोगका लागि उनले राष्ट्रिय वाणिज्य बैङ्मा रहेको खाता नंम्बर ४०८००००९९२१८ वा मोवाइल नंम्बर ९८४८१०४८६४ मा फोन गरेर भएपनि सहयोगको याचना गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment