Comments Add Comment

ओखलढुंगामा १६ जना उम्मेदवारको जमानत जफत

२९ मंसिर ओखलढुंगा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ओखलढुंगामा स्वतन्त्रसहित १६ जना उम्मेद्वारको जमानत जफत भएको छ ।

निर्वाचनमा कूल खसेको सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गरेका उम्मेदवारहरुको जमानत जफत भएको हो । प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने १६ उम्मेदवारहरुको कानुनबमोजिम जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले बताए ।

ओखलढुगाबाट विभिन्न दलका २१ र एक स्वतन्त्र गरि २२ जनाको उम्मेदवारी परेकोमा १६ जनाको जमानत जफत भएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार बनेकामध्ये एमाले र माओवादी केन्द्रको बाम गठबन्धन र कांगे्रस सहितका दलको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बाहेक अरु सबैले निर्वाचन ऐन अनुसारको मत ल्याउन नसक्दा उनिहरुको जमानत जफत भएको हो ।

ऐनमा गरिएको व्यवस्था अनुसार प्रतिनिधिसभा सदस्यतर्फ ७ जना, प्रदेशसभा क तर्फ ५ जना र प्रदेश सभा ‘ख’तर्फ एक स्वतन्त्रसहित ४ जना गरी १६ जनाको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभामा चुनाव लडेर जमानत जफत हुने उम्मेदवारहरुमा संघीय समाजवादी फोरम नेपालका जुद्धबहादुर राई, नेकपा मालेका केशव रम्तेल, राष्टिय जनमोर्चाका कुन्तादेवी खत्री, नयाँ शक्तिका प्रभुराम श्रेष्ठ र मंगोल नेशनलका वजेन्द्र राई लागायत रहेका छन् ।

वाम गठबन्धन र नेपाली कांग्रेस बाहेक अन्य सबै राजनीतिक दल तथा तिनका प्रतिनिधिहरुको जमानत जफत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment