Comments Add Comment

महोत्तरीमा दुर्इ मोटरसाइकल ठोक्किए, एकको मृत्यु, दुर्इ घाइते

गुल्मीमा भीरबाट लडेर एकको मृत्यु

२९ मंसिर, महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका ५ मा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सिन्धुली तिनपाटन बस्ने २७ वर्षीय जीवन पोखरेल रहेको ईलाका प्रहरी कार्यलय बर्दिवासले जनाएको छ । पुर्वबाट पश्चिम् तर्फ जादै गरेको ज.१०.प ७७३२ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बा.३६.प २४७९ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको हो ।

बा.३६.प २४७९ नम्बरका चालक पोखरेलको उपचारको क्रममा बर्दिवासमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रबिन पोखरेलले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइतेहरुको बर्दिवास स्थित स्थानीय स्वास्थ्य सस्था उपचार भइरहेको छ । दुवै घाइतेको अवस्था गम्भीर रहेको र थप उपचारको लागि बाहिर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच गुल्मीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ६ निवासी ६० वर्षीय गोपालबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

नेपाली बिहिवार छोरीको घरबाट साँझ आफनो जन्छु भनि हिँडेका थिए । शुक्रवार घर नपुगेपछि परिवारले खोज्दै जाँदा घर नजिकैको भिरबाट करिव १ सय मिटर तल लडेर मृत अबस्थामा फेला परेको पहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment