Comments Add Comment

‘बार्दलीको छेउबाट’ पहिलो दिन हाउसफुल

२९ मंसिर, पोखरा । पोखरामा प्रदर्शन भएको नाटक ‘बार्दलीको छेउबाट’ शुक्रबार हाउसफुल भएको छ । प्रदेश नम्बर ४ मा पहिलो पटक खुलेको नाट्य कला अध्ययन गराउने नेसनल आर्ट स्कुलले मञ्चन गरेको नाटक ‘बार्दलीको छेउबाट’ शुक्रबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा मञ्चन गर्दा दर्शकले भरिभराउ थियो ।

शुक्रबार पहिलोपटक मञ्चन भएको नाटक शनिबार अपराहृन ३ बजे दोश्रोपटक मञ्चन हुने आयोजक नेसनल आर्ट स्कुलका संस्थापक तथा नाटक निर्देशक कृष्ण उदासीले जानकारी दिए ।

उदासीको ‘बार्दलीको छेउबाट’ प्रयोगवादी नाटक हो । यसमा क्रान्ति र शान्ति, युद्ध र माया, पैसा र अभाव बिच द्वन्द्व देखाएर असर र समृद्ध समाज निर्माणको अपिल गरिएको छ ।

नाटकलाई कलाकारहरुले जीवन्त अभिनय गरेर समाजको यथार्थ चित्रण गरेका छन् । नाटक मार्फत निर्देशक उदासीले नेपालमा करीब ३३ प्रतिशत मानिस कुनै न कुनै प्रकारको डिप्रेसनको सिकार भएको र त्यो सबै सामाजिक परिवेशका कारण भएको उल्लेख गर्दै समाजलाई सकारात्मक रुपमा परिवर्तन नगरे त्यो प्रतिशत बढेर ९९ सम्म पुग्नसक्ने डरलाग्दो यथार्थ औंल्याएका छन् ।

नेपालमा करीब ३३ प्रतिशत मानिस डिप्रेसनमा रहेको दाबी गर्दै निर्देशक उदासीले नाटकमा डिप्रेसनको कारण खोतल्ने प्रयास गरिने बताए ।

युथ क्रियसन थियटरका अध्यक्ष कपिल शर्मा ‘सञ्जोग’ले नाटक ‘बार्दलीको छेउबाट’ निर्देशक उदासीको हालसम्मकै सर्बोत्कृष्ट नाटक भएको बताए । उनले नाटकको परिकल्पना, सम्बाद र कलाकारको अभिनय उत्कृष्ट हुँँदा नाटक सर्बोत्कृष्ट बनेको बताए ।

नाटककार सौगात पोखरेलले पनि पोखरामा प्रदर्शन भएका मध्ये ‘बार्दलीको छेउबाट’ नाटक सर्बोत्कृष्ट लागेको प्रतिक्रिया दिए । उनले निर्देशकदेखी कलाकारको मेहनत नाटकमा झल्किएको बताए ।

नाटकको लेखन तथा निर्देशन कृष्ण उदासीको हो भने कलाकार ममता मञ्जुल सह-निर्देशकको रुपमा यसै नाटकबाट उदाएकी छिन् । नाटकमा लक्ष्मी हमालको परिकल्पना, शान्ति थापा पुनको कोरियोग्राफी, सगुन तामाङको द्वन्द्व, रोम तामाङको संगीत संयोजन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment