Comments Add Comment

पर्वतीय चलचित्र महोत्सव पुस ६ देखि


१ पुस, पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव पुसको पहिलो हप्ता पोखरामा हुने भएको छ । पोखरा फिल्म सोसाइटीको आयोजनामा पुष ६ गतेदेखि ८ गतेसम्म पोखरा सभागृहमा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवको तेश्रो संस्करण हुन लागेको हो ।

३ दिनसम्म चल्ने महोत्सवमा स्वदेशी तथा विदेशी गरी ४३ वटा चलचित्र प्रर्दशन गरिने महोत्वसका संयोजक सरोज सापकोटाले जानकारी दिए । उनका अनुसार १ सयभन्दा बढी देशका ९ सय चलचित्रहरूले सहभागिताका लागि आवेदन दिएका थिए । ती चलचित्रबाट २५ नेपाली र १८ विदेशी गरी ४३ वटा चलचित्र प्रदर्शनका लागि छनौट गरिएको पोखरा फिल्म सोसाइटीका उपाध्यक्ष जितेश प्रधानले बताए ।

महोत्सवमा वृतचित्र, लघु चलचित्र, कथानक चलचित्र, प्रयोगात्मक चलचित्र, एनिमेसनलगायतका चलचित्र प्रदर्शन गरिनेछन् ।

सोसाइटीले महोत्वसको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । समाजमा सकारात्मक सन्देश दिने चलचित्रलाई प्राथमिकताका साथ महोत्वसमा प्रदर्शनका लागि समावेश गरिएको सोसाइटीका महासचिव विष्णु सापकोटाले बताए ।

महोत्सवमा छोटो चलचित्र जालगेडीबाट प्रदर्शन शुभारम्भ गरिने भएको छ । यो सुदुरपश्चिमको कथा समेटिएको चलचित्र हो ।

महोत्सवको अवसरमा नेपाली चलचित्र तुइनको नेपाल प्रिमयर सो गरिने भएको छ ।

जनगायकहरु रामेश र रायनको गीतवाट जनतामा जगाएको चेतना र आन्दोलनको कथालाई समेटेर तयार पारिएको चलचित्र डढेलोको सतिशाल पनि महोत्सवमा प्रर्दशन गरिने आयोजकले जनाएको छ । महोत्सवमा पोखराका दुईवटा चलचित्र समेत प्रदर्शन गरिने बताइएको छ ।

महोत्सव बिहान १० बजे देखि बेलुकी ६ः०० बजेसम्म हुने जनाइएको छ । महोत्सवकै क्रममा मुख्य कार्यक्रम बाहेक पहिलो दिन ६ गते बेलुकी ६ः०० बजे लेकसाइडको वाराहीचोकमा प्रर्दशनी गरिने छ भने दोस्रो दिन रामबजारको राममन्दिर चोकमा प्रर्दशनी समेत गरिने छ । महोत्सवको दोस्रो दिन नेपाली चलचित्रमा जनजातिको चित्रण विषयक छलफल तथा अन्तक्र्रिया कार्यक्रम हुने आयोजकले बताएको छ ।

महोत्सवमा नेपाली र विदेशी गरी १ सयभन्दा बढी चलचित्रकर्मीको सहभागिता रहने सापकोटाले बताए ।

हिमाली क्षेत्र आसपासका संस्कृति, आदिवासी जनजातिको जनजीवन, परम्परा, खेलकुद, जैविक विविधता र पर्यावरणको सम्वद्र्धन र प्रवद्र्धनमा चलचित्र मार्फत जनचेतना अभिवृद्धि गर्र्ने महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

सोसाइटीले ३ वर्षदेखि डिसेम्बर महिनामा महोत्सव गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment