Comments Add Comment

कोड फर नेपाल र फिल्म सोसाइटीबीच सहकार्य


अमेरिका । अमेरिकामा क्रियाशील कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीले सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् । ‘कता नेपाली ?’ शीर्षकको भिडियो प्रतियोगिताका लागि दुई संस्थाबीच सहकार्य भएको हो ।

प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट ३ भिडियो वासिङ्टन डीसी महानगर क्षेत्रमा २०१८ मे १८ देखि २० सम्म आयोजना हुने नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिने छ ।

प्रतियोगिताका लागि छोटा भिडियोहरुको आवेदन खुला गरिएको कोड फर नेपालले जनाएको छ ।

आयोजकका अनुसार, सहभागीहरुलाई आफ्नो भिडियो आवेदन दिन कुनै शुल्क तोकिएको छैन । नेपाल तथा विदेशमा बस्ने १४ वर्ष वा सोभन्दा माथिका नेपाली भिडियोकर्मीहरु प्रतिष्पर्धामा सहभागी हुन सक्नेछन् ।

भिडियो भोजपुरी, अंग्रेजी, नेपाली, मैथिली, वा तामाङ भाषामा पेश गर्न सकिनेछ । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिने भएकोले अंग्रेजी भाषा बाहेकका भिडियोलाई अंग्रेजी सबटाइटल राख्न अनुरोध गरिएको छ ।

आयोजकले भिडियो पठाउने समय डिसेम्बर ७ –३१ सम्मलाई तोकेका छन् । प्रतियोगिताका लागि पेश गरिएका प्रस्तुतिहरु www.codefornepal.com/katanepali मार्फत संकलन गरिनेछ र अन्तिम निर्णय फेब्रुअरी १४, २०१८ मा गरिनेछ ।

भिडियो प्रतियोगितामा प्रथम हुनेलाई २० हजार प्रदान गरिनेछ भने द्वितीय र तृतीय हुनेलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment