Comments Add Comment

पुस्तक चर्चाः मंगल ग्रहबाट पुरुष, शुक्रबाट महिला !

‘मेन आर फ्रम मार्स वुमेन आर फ्रम भेनस’


‘तिमी उनीहरुसँगै बाँच्न सक्दैनौ र तिमी उनीहरु बिना पनि बाँच्न सक्दैनौ ।’

जोन ग्रेद्वारा लिखित ‘मेन आर फ्रम मार्स वुमेन आर फ्रम भेनस’ (अर्थात् मंगल ग्रहबाट पुरुष, शुक्रबाट महिला) एक रिलेसनसीप सम्बन्धी किताब हो । महिला र पुरुष दुई फरक ग्रहका, फरक सोच्ने शैली र फरक व्यवहार भएका मानिस हुन्, जसलाई एकअर्काको आवश्यकता पर्छ । तर, सँगै बस्न सजिलो भने छैन ।

यही अप्ठ्यारोलाई कसरी सजिलो बनाउने र एकअर्कालाई कसरी बुझ्ने भन्नेबारेमा लेखिएको पुस्तक हो यो ।

लेखक जो आफैंले पनि पहिलो विवाह सफल नभएर दोस्रो विवाह गरेका थिए, जोसँग अहिले उनी खुशीसाथ जीवन बिताइरहेको बताउँछन् ।

उनले रिलेसनसीप सम्बन्धी किताब मात्रै लेखेका छैनन्, यस सम्बन्धी स्पीच र परामर्श पनि दिने गरेका छन् । र, यसैमार्पmत उनले कैयौँ जोडीको सम्बन्ध टुट्नबाट जोगाएका र अहिले उनीहरु खुशीसाथ जीवन बिताइरहेको कुरा पनि पुस्तकमा उल्लेख छ ।

महिला र पुरुषबीच बोल्ने भाषा एउटै भए पनि त्यसले दिने अर्थ र बुझाई फरक हुने गर्छ । जस्तै– म ठीक छु (आई एम ओके) जब महिलाले भन्छिन् त्यो ठीक छु भित्र थुपै ठीक छैनन्हरु हुन सक्छन् । पुरुषले त्यही म ठीक छु (आई एम ओके) भन्दा उनीहरुले साँच्चै नी ठीक छु भनेका हुन्छन् ।

त्यस्तै कुनै पनि समस्याले सताइरहेका बेला महिलाहरुलाई त्यो समस्या र त्यसका बारेमा कसैसँग सेयर गर्न पाउँदा हल्का महसुस हुन्छ । आधा समस्या नै समाधान भाको अनुभव हुन्छ ।

तर, पुरुषहरुलाई त्यही समस्या पर्दा उनीहरु दत्तचित्त भएर कसरी त्यसको समाधान गर्न सकिन्छ भनेर लागि पर्छन् । र, समाधान पछिमात्रै त्यो समस्याका बारेमा बताउने गर्छन् ।

हामी आफैंले पनि जो पुरुष/महिलासँगको सम्बन्धमा छौं, महसुस गरिरहेका हुन्छौं कि हामीले एउटा कुरा भन्दा उनले/उसले अर्कै बुझिदिने र त्यही नै झगडाको मूल कारण बनिदिने गर्छ ।

हामीले बोल्ने त्यस्ता वाक्य जुन पुरुषले बोल्दा र महिलाले बोल्दा त्यसको अर्थ के लाग्छ भनेर लेखकले आफ्नो पुस्तकमा विस्तृत व्याख्या गरेका छन् । जसले एकअर्कालाई बुझ्न ठूलो सहयोग गर्नेछ ।

हामीले बोल्ने शब्दको मात्र होइन, गरिने व्यवहारको पनि पुस्तकमा विस्तृत व्याख्या गरिएको छ । पुरुषहरुले बेला–बेला मन पराउने एकान्तपन र महिलाहरुले पोख्ने भँडास (आफूले धेरै गरेर पनि थोरै पनि नपाएकोमा चित्त दुखाई) जुन प्राकृतिक हो र त्यस्तो परिस्थितिमा आफ्नो साथीलाई सान्त्वना दिई उनीहरु सही नै छन् भन्ने महसुस गराउने जस्ता उपायहरुले तपाईको सम्बन्धलाई अझ बलियो बनाउन सक्छ ।

यो पुस्तक एकदमै उपयोगी र तुरुन्तै प्रयाग हुने/गर्न सकिनेको खालको छ । यसले सिकाउने लभ लेटरका टेकनिक्स, जसको प्रयोगले तपाईको सम्बन्धमा सुधार पक्कै ल्याउनेछ । त्यस्तै गरी महिलाहरुले पुरुष साथीहरुलाई कुनै काम गर्न/गरिदिनका लागि कसरी अनुरोध गर्ने भन्ने पुस्तकमा छ । त्यसरी अनुरोध गरेको काम गर्ने वा नगर्ने पुरुष साथीलाई स्वतन्त्र छोड्दा पुरुषहरुलाई त्यो काम गर्न अझ इच्छा जाग्नेछ पुस्तकमा छ ।

लेखकका अनुसार कुनै पनि कुरा स्थायी हुँदैनन् । न माया, न घृणा । न सुख, न दुःख । आफ्नो साथीबाट माया पाएको समयमा सधैं यस्तै हुन्छ भनेर सोच्नु र उसले केयर नगर्दा सबै बर्बाद भयो भने सोच्नु सरासर गलत हुन्छ ।

मौसममा जस्तै माया, सम्बन्धमा पनि बदलाब आइरहन्छ । तर त्यसलाई गोडमेल, मलजल गर्न छाड्नुहुँदैन भन्ने लेखकको विचार छ ।

र, अन्त्यमा महिला र पुरुष फरक ग्रहका प्राणी हुन् । एकअर्काका बुझ्दै, सम्झिँदै र स्वीकार गर्दै जाँदा मात्रै हामी खुशी हुन्छौं र आफ्नो साथीलाई पनि खुशी दिन सक्छौं भन्ने पुस्तकले सन्देश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment