Comments Add Comment

प्रदेश ५ मा वामपन्थीको दुई तिहाई, समानुपातिकमा कुन दलले कति सिट पाए ?


१ पुस, काठमाडौं । प्रदेश ५ को समानुपातिकमा ५ दलले मात्र सिट पाउने भएका छन् । एमालेले सबैभन्दा बढी २८ सिट पाउने भएको छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश ५ को समानुपातिकतर्फको गणना शनिबार सकिएको छ ।

एमालेले ५ लाख ३३ हजार ६१३ मत पाएको छ भने कांग्रेसले ५ लाख ३० हजार ८४४ र माओवादीले २ लाख ३९ हजार २८१ मत पाएको छ ।

यस्तै संघीय समाजवादी फोरमले ७८ हजार ५६७ र राजपाले ५४११० मत पाएको छ ।

प्रदेशसभामा १.५ प्रतिशतको थ्रेस होल्ड छ । आयोगले समानुपातिकमा कुन दलले कति सिट पाए भन्ने जानकारी दिएको छैन ।

[sam_list] तर, सेन्ट लग मेथडका आधारमा एमाले र कांग्रेसले समान १३/१३ सिट पाउने देखिन्छ । माओवादीले ६ र फोरमले २ सिट पाउँदा राजपाले एक सिट पाउने देखिन्छ ।

प्रत्यक्षतर्फ एमालेले २८ र माओवादीले ७ सिट जितेको छ । प्रदेश ५ मा वाम गठबन्धनको ६१ सिट हुनेछ ।

८७ सदस्यीय प्रदेशसभामा सामान्य बहुमत बहुमतका लागि ४४ सिट चाहिन्छ । दुई तिहाईका लागि भने ५९ सिट चाहिन्छ । यसरी हेर्दा प्रदेश ५ मा वाम गठबन्धनको दुई तिहाई बहुमत प्रष्ट देखिएको छ ।

यो प्रदेशमा वाम गठबन्धनबाट एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने लगभग पक्का छ ।

प्रत्यक्षमा ७ सिट जितेको कांग्रेसको समग्रमा २० सिट हुनेछ भने फोरमको ५ र राजपाको एक सिट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment