Comments Add Comment

१९ घन्टामै ‘कृ’को ट्रेलर ट्रेन्डिङको नम्बर १ मा


अब, २४ घन्टामै युटुबमा चलचित्रको ट्रेलर वा गीत यति पटक हेरियो, यति नम्बर ट्रेन्डिङमा पर्न सफल भयो भन्ने खबर पुरानो भएको छ । शुक्रबार बेलुकी ६ बजे सार्वजनिक भएको चलचित्र ‘कृ’को ट्रेलरले युटुबमा नेपाली चलचित्रको ट्रेलरले यसअगाडि बनाएका धेरै रेकर्डलाई तोडिदिएको छ ।

चलचित्रको ट्रेलर सार्वजनिक भएको ६ घन्टामै ट्रेन्डिङको तेश्रो स्थानमा पर्न सफल भएको थियो । त्यसको केहि घन्टामै ट्रेलर नेपाल ट्रेन्डिङको दोश्रो स्थानमा उक्लन सफल भयो ।
अब, चलचित्रको ट्रेलर सार्वजनिक भएको १९ घन्टामै नेपालमा युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा उक्लिएको छ । कुनै पनि चलचित्रको ट्रेलर यसअगाडि सार्वजनिक भएको यति छोटो समयमा नै ट्रेन्डिङको पहिलो स्थानमा उक्लन सफल भएको थिएन ।

यस्तै, यसले आक्रामक भ्यूजको पनि रेकर्ड राखेको छ । ट्रेलर सार्वजनिक भएको २ घन्टामै १ लाख पटक हेरिएको पहिलो ट्रेलर नै ‘कृ’को बनेको छ । यस्तै, सार्वजनिक भएको २० घन्टामै ५ लाख ७१ हजार भन्दा बढी पटक यसको ट्रेलरलाई हेरिएको छ । नायक अनमोल केसीको क्रेज र लामो समयको प्रतिक्षाका कारण पनि युटुबमा चलचित्रको ट्रेलरले यो आक्रामक प्रतिक्रिया पाएको हो ।

युटुबमा १९ घन्टामै २७ हजार भन्दा बढी लाइक्स र ६ हजार भन्दा बढी कमेन्ट ‘कृ’को ट्रेलरले प्राप्त गरेको छ । सुवास गिरी र भूवन केसी मिलेर निर्माण गरेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल लगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् । माघ २६ गतेबाट रिलिज हुने चलचित्रले बक्स अफिसमा यस्तै आक्रामक व्यापार गर्ने अड्कल काटिएको छ । अष्ट्रेलिया, जापान, कतारमा पनि चलचित्र ‘कृ’को ट्रेलर ट्रेन्डिङमा पर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment