Comments Add Comment

पर्यटकीय नगरी सौराहा हर्न निषेधित क्षेत्र घोषणा

१, पुस, चितवन । भरतपुरमा हर्न निषेधित क्षेत्र घोषणा प्रभावकारी हुन नसकिरहेका बेला पर्यटकीय नगरी सौराहालाई पनि हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।

सौराहामा पत्रकार सम्मेलन गरी ट्राफिक प्रहरी प्रमुख प्रहरी निरक्षीक सन्तोष पन्तले शनिबारबाट लागु हुने गरी सौराहा क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेका छन् । शनिबारबाट आगाामी पुस १५ गते सम्म प्रचार-प्रसार अबधिको रुपमा लिई जनचेतना जगाउन र स्थानीय स्तरमा सन्देश प्रबाह गर्न गर्ने पन्तले बताए ।

ट्राफिक प्रमुख पन्तले २ साता सचेतना र जनचेतनामुलक ढंगले विभिन्न कार्यक्रम गर्ने र त्यसपछि कडाईका साथ लागु गर्ने दाबी गरे । हात्ती महोत्सवमा पनि स्टल राखेर हर्न निषेधबारे जानकारी गराउने ट्राफिक प्रहरीको योजना छ ।
हर्नको कारण मानिसमा मात्र नभई जनावरलाई पनि असर गर्ने, अनावश्यक इरिटेशन बढाउने हुँदा झनै बढि सौराहामा हर्न निषेध गर्न आवश्यक भएको पन्तको भनाइ छ ।

यसअघि चितवनको नारायणगढ, भरतपुरका मूख्य सडकहरुमा भदौं १ गतेदेखि हर्न विषेधित क्षेत्र घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment