Comments Add Comment

पुस ११देखि सौराहामा १४औं हात्ती महोत्सव

१ पुस, चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा १४ औं हात्ति महोत्सव हुने भएको छ । आगामी पुस ११ गते देखि १५ गते सम्म १४ औं चितवन हात्ती महोत्सव हुने आयोजकले शनिवार सौराहामा पत्रकार सम्मेलन गरि जानकारी दियो ।

समाज, संरक्षण र समृद्धि’भन्ने नाराका साथ हुने हात्ति महोत्सवले सौराहाको आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित र वृद्धि गर्ने अपेक्षा गरिएको छ । यस बर्ष महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती फाष्टवाक प्रतियोगिता, हात्तीको छावाहरुको फुटवल प्रतियोगिता, हात्ती श्रृगार प्रतियोगिता महोत्सवको आर्कषण रहेका छन् ।

त्यसैगरी, हात्ती पोलो प्रतियोगिता, हात्ती पेन्टीङ प्रतियोगिता, हात्ती वार्थिङ कार्यक्रमका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध साँस्कृतिक कार्यक्रम समेत राखिएको आयोजकले जानकारी दिएको छ ।
क्षेत्रीय होटल संघ चितवन सौराहाले अंग्रेजी नयाँ बर्षलाई मध्यनजर गरी डिसेम्वर २६ देखि ३० तारिखसम्म हात्ती महोत्सव गर्दै आएकेा छ ।

चितवनको पर्यटकीय नगरी सौराहाको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको महोत्सवको मुख्य प्रर्बधक नेपाल पर्यटन बोर्ड रहेको छ भने संरक्षण रत्ननगर नगरपालिका छ । महोत्सवमा संरक्षणको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई पुरस्कृत र सम्मान समेत गरिने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरले जानकारी दिए ।

महोत्सव अन्तर्गत हात्ती बनभोज कार्यक्रमसँगै , हात्ती फाष्टवाक प्रतियोगितामा २० वटा हात्ती, छावाहरुको फुटवल प्रतियोगितामा १० वटा समुह, हात्ती श्रृगार प्रतियोगितामा ५ हात्ती, हात्ती पोलो प्रतियोगितामा ८ वटा समुह, हात्ती पेन्टीङ प्रतियोगितामा ५ वटा हात्ती र हात्ती वाथिङ कार्यक्रममा ५ वटा हात्तीहरुलाई सहभागी गराईने महोत्सवका संयोजक दीपक भट्टराईले जानकारी दिए ।

सो महोत्सवमा प्राथमिक उपचारको लागि हात्तीका विशेषज्ञ समेत परिचालन गरिने आयोजकले जनाएको छ । गएको साउन २८ र २९ गते आएको बाढिले करोडौंको क्षति भोगेको सौराहाले पर्यटकहरुलाई नवनिर्मित सौराहा देखाउनका लागि हात्ति महोत्सव एक अवसर हुने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment