Comments Add Comment

लिसेस्टरमाथि क्रिष्टल प्यालेसको शानदार जित

१ पुस, काठमाडौं । इंग्लिस पि्रमियर लिग फुटबलमा क्रिष्टल प्यालेसले लिसेस्टर सिटीमाथि शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा प्यालेसले लिसेस्टरमाथि ३-० गोल अन्तरको जित निकालेको हो ।

लिसेस्टरको घरेलु मैदानमा भएको खेलमा क्रिष्टल प्यालेसले १९ औं मिनेटमा बेन्टेकेको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा जाहाले गोल गरेपछि भ्रमणकारी टोली पहिलो हाफमा २-० को अग्रता लिन सफल भयो ।

६१ औं मिनेटमा एनडीडीले रातो कार्ड पाएपछि लिसेस्टर १० खेलाडीमा सिमित भयो । खेलको अन्तिम मिनेटमा साकोले गोल गरेपछि क्रिष्टल प्यालेस ३-० ले विजयी भयो ।

जितसँगै प्यालेस रेलिगेशन जोनबाट माथि आएको छ र १७ अंकका साथ चौथो स्थानमा छ । २६ अंक जोडेको लिसेस्टर भने २६ अंकका साथ आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment