Comments Add Comment

केकी भन्छिन्-‘बर्षमा एकपटक बच्चा हुन पाउँछु’


नेपाली चलचित्र क्षेत्रकी सुन्दर नायिका केकी अधिकारीको आज जन्मदिन हो । जन्मदिनको अवसर पारेर चलचित्र ‘राज्जा रानी’को यूनिटले उनको जन्मदिन सेलिव्रेशन गरेको छ । यो चलचित्रलाई मैथिली भाषामा किनेको भोर कम्पनी र ‘राज्जा रानी’को टिमले केकीको जन्मदिन विशेष तरिकाले सेलिव्रेशन गरेका छन् ।

चलचित्रका नायक नाजिर हुसेन, निर्देशक यम थापा, निर्माता रमेश एम के पौडेल र संचारकर्मीसँग केक काट्दै केकीले बर्षमा एकपटक बच्चा हुन पाइने बताइन् । केकीले भनिन्-‘जन्मदिनमा एक पटक बच्चा हुन पाइन्छ । केक काट्न, उफ्रिन, वेलुन फुटाउन पाइन्छ । यसैले पनि जन्मदिन मेरा लागि विशेष हुन्छ ।’ उनले सधै नै जन्मदिन आफ्नो जन्म घर र चलचित्रकर्मीसँग मिलेर मनाउन पाउँ भनेर कामना पनि गरिन् ।

भोर नामक संस्थाले दाइजो प्रथा विरुद्धमा काम गर्दै आएको छ । केकीले, चलचित्र ‘राज्जा रानी’ले दाइजोको कथालाई पनि उठान गरेको बताइन् । आफू सधै नै दाइजोप्रथा विरुद्धको अभियानमा लागिरहने उनको भनाई थियो ।

यस्तै, नायक नाजिर हुसेनले पनि केकीलाई जन्मदिनको शुभकामना दिदै ‘राज्जा रानी’ एउटा उत्कृष्ट कथामा बनेको चलचित्र भएको बताए । उनले, आफूलाई पौष २१ गतेबाट रिलिज हुने यो चलचित्रप्रति निकै ठूलो आशा रहेको समेत बताए ।

निर्माता रमेश एक के पौडेलले ‘राज्जा रानी’ले दर्शकलाई सन्देश दिदै हसाँउने बताए । उनले, नयाँ निर्माता आउँदा ‘मुर्गा’ आयो भन्ने चलनलाई रोक्नु पर्ने भन्दै सबै मिलेर मात्र चलचित्र क्षेत्र माथि उठ्न सक्ने बताए ।

निर्देशक यम थापाले ‘राज्जा रानी’ले नेपालगञ्जको एउटा गाउँको वास्तविक कथालाई नाटकिय ढंगले प्रस्तुत गरेको बताए । भोर नामक संस्थाले भोलीबाट ‘राज्जा रानी’को प्रमोशन कलाकार र चलचित्रको टिमसँगै काठमाण्डौ बाहिर सुरु गर्दैछ । पौष २१ गते नेपाली भाषासँगै मैथिली भाषामा पनि ‘राज्जा रानी’ देशभर प्रदर्शन हुनेछ । कार्यक्रममा चलचित्रको मैथिली भाषाको ट्रेलर र गीत सार्वजनिक गरिएको थियो ।

तस्वीरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment