Comments Add Comment

यो वर्ष बजारमा आएका यी हुन् सर्वोत्कृष्ट क्यामरा फोन

सन् २०१७ मा विश्वको स्मार्टफोन बजारमा कयौं प्रोडक्टहरु आए । स्मार्टफोनको विद्यमान क्यामरा गुणस्तरमा निकै सुधार देखियो । अब दुई होइन, ४ वटा क्यामरा भएका स्मार्टफोन समेत बजारमा आइरहेका छन् । सन् २०१७ मा बजारमा आएका स्मार्टफोन, जसले क्यामराकै कारण चर्चा बटुल्न सक्षम भए, ती यस्ता छन्-

१. Sony Xperia XZ1 – यो स्मार्टफोनको सबैभन्दा खास फिचर भनेको यसको १९ मेगापिक्सेलको क्यामरा नै हो जुन थ्री डी स्क्यान गर्नपनि सक्षम छ । यो क्यामरा स्लो मोसन भिडियो तथा फोर के भिडियो रेकर्डिङ गर्न प्नि सक्दछ । यसमा १३ मेगापिक्सेलको सेल्फी क्यामरा छ जसमा ग्रुप सेल्फीका लागि २२ मिलिमिटर चौडाइएको लेन्स लगाइएको छ ।

२. Samsung Galaxy S8 Plus – यो स्मार्टफोनमा मुख्य क्यामराको रुपमा १२ मेगापिक्सेल डुअल पिक्सेल क्यामरा तथा ८ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ ।

३. OnePlus 5T – यो फोनमा डुअल क्यामरा सेटअप रहेको छ, जुन वनप्लस फाइभ भन्दा धेरै फरक छ । प्राइमरी क्यामरा १६ मेगापिक्सेलको छ, जसको अपर्चर एफ/१.७ रहेको छ । सेकेन्डरी क्यामरामा २० मेगापिक्सेलको सोनी आइएमएक्स ३७६ को सेन्सर छ र त्यसको अपर्चर पनि एफ/१.७ रहेको छ ।

४. LG V30+ – यसमा एफ/१.६ अपर्चरको १६ मेगापिक्सेलको डुअल प्राइमरी क्यामरा छ भने १३ मेगापिक्सेलको सेक्डरी क्यामरा पनि छ । साथै एफ/२.२ अपर्चरको ५ मेगापिक्सेलको सेल्फी क्यामरा समेत रहेको छ ।

५. Iphone X – यसमा १२ मेगापिक्सेलका दुई मुख्य क्यामरा रहेका छन् । पहिलोमा एफ/१.८ तथा दोश्रोमा एफ/२.४ अपर्चर रहेको छ । साथै सेल्फी क्यामरा ७ मेगापिक्सेलको रहेको छ ।

६. Iphone 8 – आइफोन एट तथा एट प्लसमा मुख्य क्यामरासँगै ७ मेगापिक्सेलको फेसटाइम एचडी क्यामरा समेत रहेको छ ।

७. HTC U11 – यसमा १२ मेगापिक्सेलको ब्याक क्यामरा तथा १६ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ ।

८. Google Pixel 2  – यसको मुख्य क्यामरा १२.२ मेगापिक्सेल तथा फ्रन्ट क्यामरा ८ मेगापिक्सेलको छ । यसको क्यामराले ३० फ्रेम प्रतिसेकेण्डको गतिका साथमा फोर के रिजोलुसन भिडियो खिच्न सक्दछ ।

९. Samsung Galaxy Note 8 – यो फोनमा मुख्य क्यामराको रुपमा १२ मेगापिक्सेलका डुअल क्यामरा छन्, जसले अप्टिकल इमेज स्टाबिलाइजेसन सपोर्ट गर्दछन् । सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment