Comments Add Comment

बंगलादेशी रनर बाइक अब नेपालमा


२ पुस , काठमाडौं । रनर अटोमोबाइल्स एण्ड रमान मोटर्सले शनिबार रनर मोटरसाइकल लन्च गरेको छ । बंगलादेशको मोटरसाइकल उत्पादक कम्पनी रनरले नेपालमा ७ वटा मोडल सार्वजनिक गरेको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता भने यसले रमान मोटर्सलाई नियुक्त गरेको छ । रनरले नेपालमा ८० सिसि देखि १ सय ५० सिसि सम्मका रनर मोटरसाइकल सार्वजनिक गरेको हो ।

कार्यक्रममा रनर ग्रुप अफ कम्पनीका प्रमुख हाफिजुर रहमान खान, रनर अटोमोबाइल्सका सिइओ मुकेश शर्मा र रमान मोटर्सका सिइओ रमान महतोको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै रनर ग्रुप अफ कम्पनीका प्रमुख खानले नेपालमा आफुहरु दिगो सोचका साथ आएको बताए । नेपालीहरु सामु भरपर्दाे प्रोडक्टको रुपमा आफुहरुलाई स्थापित गर्ने समेत उनको दाबी छ ।

रनर अटोमोबाइल्सका सिइओ शर्माले भने नेपालको बजारलाई आफुहरुले लामो समय अध्ययन गरेर मात्रै यसको नेपालमा लन्च गरेको बताउँछन् । नेपालमा यसको विक्री सुरु भएसँगै यसका स्पेयर पार्टस्हरु समेत सहज रुपमा उपलब्ध हुने व्यवस्था गर्ने उनको भनाई छ ।

नेपालमा इन्ट्रि र प्रिमियम ब्रान्डका उत्पादनहरु बढि विक्री हुने उनको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment