Comments Add Comment

दाङबासीले भने- प्रादेशिक राजधानीमा चलखेल नहोस्

२ पुस, तुलसीपुर । प्रदेश नम्वर ५ को राजधानी दाङलाई तोक्न माग गर्दै तुलसीपुरमा नागरिक दबाव कार्यक्रम आयोजना गरिएको छ । आयोजक विना नै स्वतस्फुर्त पहिलोपटक दबाव र्याली निकालिएको हो ।

त्यसको समन्वय स्थानीय पत्रकारहरु तथा नागरिक अगुवाले गरेका थिए । र्यालीमा नागरिक समाजका संयोजक, उद्योगी व्यवसायीहरु, अधिकारकर्मीहरु, विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुसँगै सञ्चारकर्मीहरुको समेत उपस्थिति थियो ।

दवाव र्यालीले तुलसीपुर बजार परिक्रमा गरेको थियो । ¥यालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाङको राजधानीको सम्भावना खोसिन नहुने बताएका थिए ।

कार्यक्रममा नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीले राजनीतिक स्वार्थ र खिचातानीलाई भुलेर प्रादेशिक राजधानीका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए । उनले दाङलाई राजधानी बनाउन कसैले रोकेमा नागरिक तहबाट आन्दोलन चर्काउने चेतावनी दिए ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर रावत, अधिकारकर्मी शुषमा गिरी,र सामाजिक अभियन्ता जीवन भण्डारीले पूर्वाधारका हिसावले प्रदेश ५ को राजधानी बनाउन दाङ उपयुक्त रहेको बताए ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि राजनीतिक दलका उम्मेदवारहरुले दाङलाई राजधानी बनाउने प्रमुख एजेण्डा बनाएका थिए । निर्वाचन सम्पन्न भएलगत्तै प्रदेश राजधानी रुपन्देहीको बुटवल बन्ने चर्चा चुलिएपछि दाङबासी सशंकित मात्र भएका छैनन् जनप्रतिनिधिहरुले कस्तो भूमिका खेल्छन् भनेर चासोका साथ हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment