Comments Add Comment

छोरी बचाइदिन पूर्व राष्ट्रिय खेलाडी लम्सालको अपील

२ पुस, पोखरा । भलिवलका पूर्व राष्ट्रिय खेलाडी लेखनाथ लम्सालले छोरीको उपचारका लागि सहयोगको याचना गरेका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ साविक घाचोक निवासी लम्साल १४ वर्षीया छोरी अलिशा लम्साल हड्डीको क्यान्सरबाट पीडित भएर आर्थिक अभावमा उपचार गर्न नसकेपछि उनले सहयोगको याचना गरेका हुन् ।
अलिसा विगत २ वर्षदेखि हड्डीको क्यान्सरसँग लडिरहेकी छन् । उनको उपचार भइरहे पनि अझै निको भइसकेको छैन ।

शुक्ला गण्डकी माविमा कक्षा १० मा अध्ययनरत उनी विरामीकै कारण विद्यालय जानबाट बञ्चित हुँदै आएकी छन् । उपचारका लागि कहिले अस्पताल त कहिले थलिएर घरमै बस्नुपर्ने भएकाले उनी अध्ययनबाट बञ्चित भएको परिवारले जनाएको छ ।

२०७३ वैशाख देखि अलिसालाई गर्धनमा समस्या देखिएको र पछि त्यो दुखाईले टाउको चलाउनसमेत समस्या भएपछि चिकित्सको सल्लाहमा राजधानीको ग्राण्डी अस्पतालमा सर्भाईकल स्पाईन अप्रेसन गरिएको थियो ।
वायोस्पी परिक्षणमा हड्डीको क्यान्सर प्रमाणित भएपछि विभिन्न चरणमा राजधानीकै ग्राण्डी हस्पिटल, सिभिल अस्पताल, काठमाण्डौ क्यान्सर सेन्टरमा र पोखराको फिस्टेल हस्पिटलमा किमो र रेडीयोथेरापी गरिएको वुवा लेखनाथ लम्सालले जानकारी दिए ।

छोरीको उपचारको क्रममा ३२ लाख जति खर्चर् भइसकेको लम्सालले बताए । उनको स्वास्थ्यमा केहि सुधार भएपनि गत कात्तिकमा पुनः जचाउँदा क्यान्सर नघटेको रिपोर्ट आएपछि लम्साल परिवार चिन्तित बनेका छन् ।

अलिसाको बोन म्यारो ट्रान्सप्लान्टमार्फत निको पार्न सकिने भएपनि खर्च अभावमा उपचार गर्न नसकिएको बुबा लेखनाथ लम्सालले बताए । उनका अनुसार अलिसाको उपचारका लागि अझै २० देखि २५ लाख रुपैयाँ आवश्यक पर्छ ।
तर, उक्त रकम आफूसँग नहुँदा उपचार गर्न असमर्थ भएको बताउँदै उनले मनकारीहरुलाई सहयोग गरिदिन आग्रह गरे ।

लेखनाथले नेपाल प्रहरीमा हुँदा प्रहरी टिमवाट राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरु खेले । सन् २००१ मा पाकिस्तानमा तय भएको भलिवलको नवौं साफ गेममा राष्ट्रिय टिममा समेत परेका उनले खेल स्थगित भएका कारण खेल्न भने पाएनन् ।

अलिसालाई सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाहरुले उनको नाममा ओम डेभलपमेन्ट वैँक शाखा कार्यालय हेम्जामा खोलिएको बचत खाता नं ००५००७००१८१५५८०००००१ मा सहयोग रकम जम्मा गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment