Comments Add Comment

यी हुन् यस वर्ष सबैभन्दा धेरै पर्यटक पुगेका विश्वका २० शहर

यस वर्ष सन् २०१७ मा विश्वभर करोडौँ पर्यटकहरुले भ्रमण गरे । त्यसमध्ये केही शहरहरुमै करोड भन्दा धेरै पर्यटकहरु पुगे । यस वर्ष सबैभन्दा धेरै विदेशी पर्यटकले भ्रमण गरेका विश्वका २० शहरहरु यी हुन्ः

१. बैंकक, थाइल्याण्डः यो वर्ष विश्वमा सबैभन्दा धेरै पर्यटकले भ्रमण गरेको शहर थाइल्याण्डको राजधानी बैंकक हो । यहाा यस वर्ष २ करोड २ लाख विदेशी पर्यटकले बैंककको भ्रमण गरे । खासगरी रात्री जीवन तथा किनमेलका लागि स्वर्ग नै मानिन्छ बैंकक । यहाँका बौद्ध मन्दिर, तैरिएका बजार तथा विशाल दरबारले बैंककलाई सन् २०१७ मा विश्वमा सबैभन्दा धेरै पर्यटक भ्रमण गर्ने सहर बनाएको छ ।

२. लण्डन, बेलायतः विभिन्न सम्पदाहरु, भू-दृश्य, थिएटर, रात्री जीवन तथा ग्यालरीहरुका लागि चर्चित बेलायती राजधानी लण्डनमा यस वर्ष २ करोड विदेशी पर्यटक पुगेका छन् । म्याडम टुसाड्स संग्राहलय, बकिंघम दरबार, बिग बेन तथा वेस्टमिनिस्टर भवन लगायतका चर्चित पर्यटकीय स्थल लण्डनमा छन् ।

३. पेरिस, फ्रान्सः कला, खाना तथा अद्धितीय सम्पदाहरुका लागि लोकपि्रय पेरिसमा यस वर्ष १ करोड ६१ लाख विदेशी पर्यटक पुगेका छन् ।

४. दुबईः युएईको दुबईमा यस वर्ष १ करोड ६० लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा, मरुभूमि सफारी, लग्जरी होटेलहरु आदिका लागि दुबई भ्रमणयोग्य छ ।

५. सिंगापुरः थेम पार्क, क्यासिनो, चिडियाखाना तथा सामुदि्रक तटको मनोरम भ्रमणका लागि सिंगापुर एउटा उत्तम गन्तव्य हो । यस वर्ष सिंगापुरमा १ करोड ३४ लाख ५० हजार विदेशी पर्यटक पुगेका छन् ।

६. टोकियो, जापानः विश्वको सबैभन्दा महंगो सहरको रुपमा रहेको टोकियोमा यस वर्ष १ करोड २५ लाख पर्यटक पुगेका छन् ।

७. सिओल, दक्षिण कोरियाः दक्षिण कोरियाको राजधानी सिओलमा यो वर्ष १ करोड २४ लाख ४० लाख विदेशी पर्यटक पुगेका छन् । युनेस्कोको विश्व सम्पदा सूचीमा परेको ज्वालामूखी पहाड, सिओंगसान पर्यटकका लागि सबैभन्दा आकर्षक गन्तव्य हो ।

८. न्युयोर्क सिटी, अमेरिकाः न्युयोर्क सिटीको सेन्ट्रल पार्क, स्टाचू अफ लिबर्टी, एम्पाएर स्टेट भवन, ब्रुकलीन पुल लगायतका पर्यटकीय स्थल रहेको न्युयोर्कमा यस वर्ष १ करोड २४ लाख पर्यटक पुगेका छन् ।

९. क्वालालम्पुर, मलेसियाः क्वालालम्पुरमा यस वर्ष १ करोड २१ लाख पर्यटक पुगेका छन् ।

१०. हङकङः यस वर्ष सबैभन्दा धेरै पर्यटक पुग्ने विश्वका सहरहरु मध्ये दशौँ स्थानमा रहेको हङकङमा ९० लाख ५० हजार पर्यटक पुगेका छन् ।

११. स्तानबुल, टर्कीः हागिया सोफिया, तोप्कापी दरबार जस्ता ऐतिहासिक सम्पदाका साथै खानाका पारखीहरुका लागि समेत स्तानबुल लोकपि्रय गन्तव्य हो । स्तानबुलमा यस वर्ष ९२ लाख ४० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

१२. बार्सिलोना, स्पेनः अत्युत्तम जलवायु, सामुदि्रक तट तथा ८ वटा विश्व सम्पदा सूचिमा सुचिकृत सम्पदाहरु रहेको बार्सिलोनामा यस वर्ष ८९ लाख पर्यटक पुगेका छन् ।

१३. एम्सटर्डम, नेदरल्याण्डः एम्सटर्डममा यो वर्ष ८७ लाख पर्यटकले भ्रमण गरेका छन् ।

१४. मिलान, इटालीः विश्वका सबैभन्दा पूराना चर्चमध्येको एक चर्च रहेको मिलानमा विश्व चर्चित ओपेरा हाउस पनि छ । मिलानमा आधुनिक आर्ट ग्यालरी छन् जहाँ इतिहासका चर्चित कलाकारहरु पाब्लो पिकासो, अगस्टे रेनोइर, राउल डफी लगायतका कलाकृति पाइन्छन् । यस वर्ष मिलानमा ८४ लाख पर्यटक पुगेका छन् ।

१५. ओसाका, जापानः जापानको ओसाकामा यस वर्ष ७९ लाख पर्यटकले भ्रमण गरेका छन् । युनिभर्सल स्टुडियो, ओसाका अक्वारियम, तेन्जिन मत्सुरी समर फेस्टिबल लगायतका लागि ओसाका लोकपि्रय छ ।

१६. ताइपेइ, ताइवानः चाइनिज आर्टको सबैभन्दा ठूलो संग्रहको रुपमा रहेको नेसनल प्यालेस म्युजियमका लागि रक क्लाइम्बिङ्गका लागि समेत लोकपि्रय ताइपेइमा यो वर्ष ७८ लाख पर्यटकले भ्रमण गरेका छन् ।

१७. रोम, इटालीः भिल्ला, म्युजियम, तथा आर्ट ग्यालरीको हबको रुपमा रहेको रोममा यो वर्ष ७३ लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

१८. सांघाई, चीनः ६६ लाख ५० हजार विदेशी पर्यटकले यस वर्ष भ्रमण गरेको सांघाइ विश्वमा सबैभन्दा धेरै पर्यटकले भ्रमण गरेको सहरमध्ये १८ औँ नम्बरमा परेको छ ।

१९. भियना, अष्ट्रियाः १८ औँ सताब्दीको शोनब्रर्न दरबार, हफबर्ग दरबारका साथै सेन्ट स्टेफेन्स चर्च लगायतका पर्यटकीय रहेको भियनामा यस वर्ष ६६ लाख ३० हजार पर्यटकले भ्रमण गरेका छन् ।

२०. प्राग, चेक गणतन्त्रः सयौँ वर्षदेखि सहरको चोकमा रहेको खगोलीय घडी प्रागको मूख्य पर्यटकीय गन्तव्य हो । प्रागमा यस वर्ष ६४ लाख विदेशी पर्यटक पुगेका छन् ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment