Comments Add Comment

आमिरको ‘दंगल’को रेकर्ड कुन फिल्मले तोड्ला ?


बलिउड नायक आमिर खानका लागि वर्ष सन् २०१६/०१७ विषेश रहयो । २३ डिसेम्बर २०१६ मा रिलिज भएको उनी अभिनित चलचित्र ‘दंगल’ ले निकै राम्रो कमाइ गर्‍यो । भारतमा मात्रै हैन ओभरसिज मार्केटमा समेत ‘दंगल’को कमाइ राम्रो थियो । त्यसपछि आमिरलाई टक्कर दिनसक्ने कुनै चलचित्र आएका छैनन् ।

तर, सन् २०१८ मा यस्ता केहि चलचित्र रिलिज हुँदैछन् जसले आमिरको बक्स अफिस रेकर्डलाई कडा टक्कर दिने अनुमान गरिएको छ । राम्रो ब्यापार गर्ने सम्भावित चलचित्रको सूचीमा आमिरकै मुख्य भूमिका रहेको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ छ । २१० करोडमा बनिरहेको यो चलचित्रमा अमिताभ बच्चन, आमिर खान, कट्रिना कैफ र फातिमा सना शेखले मुख्य भुमिका निर्वाह गरेका छन् ।

बलिउड सुपरस्टार नायक साहरुख खानको अनटाइलट प्रोजेक्ट, सलमान खानको रेस-३,रणबीर दीपिका पादुकोण अभिनित चलचित्र पद्यमावती, अक्षय-रजनीकान्तको २.० ले यो रेकर्ड तोड्न सक्छन् । साउथ फिल्म ‘२.०’ ४ सय ५० करोड मा बनेको चलचित्र हो भने यसमा अक्षय कुमार, रजनीकान्त र एमी ज्याक्सनले मुख्य भुमिका निर्वाह गरेका छन् ।

त्यस्तै अजय देवगणको ‘रेड’लाई पनि सम्भावित राम्रो कमाइ गर्ने चलचित्रको सूचीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment