Comments Add Comment

केन्द्र सरकारसँग मधेसको सम्बन्ध एमालेको दृष्टिकोणमा भर पर्छः राजेन्द्र महतो

४ पुस, काठमाडौं । मधेसी गठबन्धनका एक प्रमुख नेताले केन्द्र सरकारसँग मधेसको सम्बन्ध संविधान संशोधनमा एमालेको दृष्टिकोणमा भर पर्ने बताएका छन् ।

प्रदेश २ मा बहुमत ल्याएको फोरम र राजपाको गठबन्धनले प्रतिनिधिसभातर्फ २१ सिट जितेको छ । प्रदेश २ का ८ जिल्लाको प्रतिनिधिसभाको ३२ मध्ये २० सिटमा गठबन्धन विजयी भएको छ ।

गठबन्धनमा आवद्ध राजपाका नेता राजेन्द्र महतोले मधेसको जनमत संविधान संशोधनको पक्षमा आएको बताए ।

धेससँग वामपन्थी गठबन्धनले सहकार्य गर्छ कि गर्दैन भन्ने कुरा संविधान संशोधन गराउन उसले लिने अग्रसरतामा भर पर्छ’ राजपा अध्यक्ष मण्डलका सदस्य महतोले भने, ‘अहिले म धेरै कठोर टिप्पणी गर्न चाहान्न ।’

प्रदेशको राजधनी जनकपुर, नाममा छलफल गर्छौ

मधेस गठबन्धनका नेताहरु प्रदेश २ को राजधानी जनकपुरलाई बताउन सहमत देखिएका छन् ।

मुख्यमन्त्री, प्रदेशको नाम लगायतका विषयमा छलफल गर्न बाँकी रहेको नेताहरुले बताए । ‘प्रदेश २ मा हाम्रो -मधेसवादी) को बहुमत पुगेको छ । जनताको म्याण्डेट अनुसार काम गरेर देखाउनुपर्ने चुनौति पनि आएको छ’ महतोले अनलाइनखबरसँग भने, ‘प्रदेशको राजधानी जनकपुर हुन्छ अरु कुरामा प्रदेशसभाको दुई तिहाईले निर्णय गर्नेछ ।’

प्रदेश २ को मुख्यमन्त्री राजपा वा फोरम मध्ये कसले पाउने भन्ने छलफल नभएको महतोले बताए । ‘भर्खर चुनाव सकिएको छ, पूरै परिणाम आइसकेको छैन’ उनले भने, मुख्यमन्त्रीका लागि हामीसँग एकसेएक योग्य व्यक्ति छन् । सहमतिबाट एक व्यक्ति हुनेछन् ।’

प्रदेशसभामा एमाले प्रमुख प्रतिपक्षमा आइपुगेको भन्दै महतोले सहमति गरेर प्रदेशसभाको नाम र राजधानी तोकिने बताए । ‘प्रदेशको नाम मधेस प्रदेश हुन पनि सक्छ, मिथिला प्रदेश हुन पनि सक्छ’ उनले भने, ‘जनताले मधेस प्रदेशका लागि अभिमत दिएका छन्, नाम के राख्ने भन्नेमा हामी धेरै विवाद गर्दैनौं, प्रदेशसभाको दुई तिहाईले गर्नेछ ।’

२ नम्बर प्रदेशमा मधेशवादी गठबन्धनको बहुमत पुग्ने देखिएको छ । दोस्रो स्थान जितेर एमाले प्रमुख प्रतिपक्ष बन्ने देखिएको छ भने कांग्रेस तेस्रो र माओवादी चौथो स्थानमा रहेका छन् ।

महतोले मधेसवादी एक्लैले प्रदेश सरकार बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment