Comments Add Comment

जाडाेमा अागाे बालेर सर्वसाधारणलार्इ न्यानाे प्रदान गर्दै सेना

४ पुस, महोत्तरी  । महोत्तरी जिल्लामा विगत पाँच दिनदेखि असहनीय जाडो भइरहेका बेला नेपाली सेनाले जिल्ला सदरमुकाम जलेश्वरमा न्यानो बाँड्न थालेको छ ।

जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको फस्ट राइफल गणले मंगलबार बिहान मात्रै जिल्ला सदरमुकाम जलेश्वरको चार स्थानमा दाउरा बालेर सर्वसाधारणलाई न्यानो प्रदान गरेको स्थानीयवासीले बताएका छन् । त्यस्तै, सर्वसाधारणलाई नेपाली सेनाले तातो चियासमेत बाँडेको छ।

नेपाली सेनाले जलेश्वरको दुर्गाचोक, शंकरचोक, बुद्धिजीवीचोक र खैराचोकमा दाउरा बालेर र चिया पिलाएर न्यानो बाँडेको गणका प्रमुख सेनानी कृष्ण खड्का क्षेत्रीले बताए ।

यसरी जिल्लामा विगत पाँचदिनदेखि शीतलहर, चिसो हावा र कठ्याङ्ग्रिँदो जाडो भइरहेका बेला नेपाली सेनाले दाउरा बालिदिएपछि र चिया वितरण गरेपछि जिल्ला सदरमुकाम जलेश्वरको बाटोमा जीवन बिताउने, न्यानो लुगाफाटाको अभाव भएका तथा स्थानीय बासिन्दासहित लाभान्वित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment