Comments Add Comment

रानीले ल्याइन् ‘हिच्की’को ट्रेलर

लामो ब्रेकपछि अभिनेत्री रानी मुखर्जीले बलिउड कमब्याक गरेकी छिन् । बिवाहपछि फिल्मी करियरबाट विश्राम लिएकी उनी फिल्म ‘हिचकी’बाट बलिउड फर्किएकी हुन् । यो फिल्मको ट्रेलर भर्खरै सार्वजनिक गरिएको छ ।

यशराज फिल्म्स्को व्यानरमा बनेको यो फिल्ममा रानीले आफ्नो बाल्यकालको भोगाई समेटेको बताइन्छ । उनी स्कुले जीवनमा भकभकाएर बोल्ने गर्थिन् । यसरी भकभकाउने भूमिकामा यसपाली रानीले अभिनय गरेकी छिन् । एक अन्र्तवार्तामा जनाए अनुसार २२ बर्षको उमेरसम्म रानी भकभकाएर बोल्ने गर्थिन् ।

भनिहालौं, रानीले आदित्य चोपडासँग बिवाह गरेकी थिइन् । आदित्य फिल्म निर्माता/निर्देशक हुन्, जले बुवा यशराज चोपडाको मृत्युपछि यशराज फिल्म्स्को बिरासत सम्हालेका छन् ।

बिवाहपछि विश्राम लिएकी रानीले ‘हिचकी’बाट आफुलाई नयाँ भूमिकामा पेश गर्दैछिन् । यो फिल्म शिद्धार्थ पि मल्होत्राले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment