Comments Add Comment

फोटोसुटमा ऋचा र क्रिस्टिनाको लफडा, भनिन्-‘गेट वेल सुन’


यो घटना केहि समय अगाडिको हो । जतिबेला चलचित्र ‘फिर्के’का मुख्य कलाकार तथा प्रस्तुतकर्ता सुलेमान शंकर ‘इकु’ चलचित्रको लागि कलाकारको फोटोसुट गराउँदै थिए । तर, फोटसुटका क्रममा चलचित्रका २ नायिकाविच लफडा नै भयो । जसलेगर्दा, नायिका ऋचा शर्माले फोटोसुट नै गरिनन् ।

पौष २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फिर्के’को पोष्टर फोटोसुटका क्रममा नायिका ऋचा शर्मालाई बस्ने ठाउँ भएन । उनले, क्रिस्टिना बसेको बेञ्चमा बस्न खोजिन् र उनलाई थोरै पर सर्न भनिन् । तर, क्रिस्टिनाले मानिनन् । दोश्रो पटक पनि ऋचाले आग्रह गर्दा क्रिस्टिनाले केहि अपशब्द बोलिन् । क्रिस्टिनाले अपशब्द बोलेपछि ऋचाले पनि नयाँ कलाकार भएर स्टारडम देखाउन खोज्ने भन्दै त्यस्तै शब्द बोलिन् ।

दुबैको केहि समय भनाभन नै भयो । भनाभन भएपछि ऋचा फोटोसुट नै नगरि हिडिन् । चलचित्रको पोष्टरमा समावेश भएको ऋचाको तस्बिर फोटोसुटको होइन, अन्तैबाट लिइएको हो ।

फोटोसुटको लफडा सेलाएको थियो । तर, जतिबेला चलचित्र ‘छक्का पन्जा २’ यूनिटले नायिका ऋचा शर्मालाई ‘गेट वेल सुन’ भन्दै स्टाटस लेखे । सो समयमा क्रिस्टिनाले पनि ऋचासँग काम गर्दा आफूलाई निकै खराव अनुभव भएको भन्दै उनलाई ‘गेट वेल सुन’ भन्दै स्टाटस लेखिन् । उनले ऋचा मानसिक रुपमा विरामी भएको भन्दै उनले आफूलाई ह्यारेसमेन्ट गरेको समेत लेखेकी छिन् ।

दुई नायिका अहिले चलचित्रको प्रमोशनमा छैनन् । नव-नायिका क्रिस्टिना त नर्वे पुगिसकेकी छिन् । ऋचाले पनि चलचित्रको प्रमोशनमा मतलब नै गरेकी छैनन् । प्रस्तुतकर्ता तथा कलाकार सुलेमान शंकर ‘इकु’ एक्लै पूर्वको प्रमोशन सकेर काठमाण्डौ फर्किएका छन् । उनले कलाकारले साथ नदिएको भन्दै गुनासो पनि पोखे । रवि डंगोलले निर्देशन गरेको यो चलचित्रले गाउँबाट शहर पुगेको एक यूवाको कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment