Comments Add Comment

दया र बर्षाको ‘मिस्टर झोले’


पौष २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर झोले’ले दर्शकलाई हसाँउने कुरामा दुइमत छैन । रामबाबु गुरुङ निर्देशित चलचित्रलाई लिएर यसका कलाकार पनि उत्साहित छन् ।

रौनकविक्रम कँडेल कार्यकारी निर्माता रहेको चलचित्रलाई टेकेन खड्काले निर्माण गरेका हुन् । चलचित्रमा दयाहाङ राई, बर्षा राउत, दीया पुन, वुद्दि तामाङ, बिजय बराल, कमलमणि नेपाल लगायतको अभिनय छ ।

चलचित्रमा दया र दियाको जोडीलाई देखाइएको छ भने बर्षाले बुद्दिसँग रोमान्स गरेकी छिन् । चलचित्रमा समावेश ‘ओखती’ बोलको गीत हिट भैसकेको छ । सार्वजनिक ट्रेलरले पनि दर्शकको मन जितेको छ । निर्माता टेकेन खड्का चलचित्रले दर्शकको मन जित्नेमा ढुक्क रहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment