Comments Add Comment

कम्युनिष्टको बहुमतपछि सेयर बजार अस्तब्यस्त बनाउन खोजे : ओली


६ पुस, काठमाडौं । बामगठबन्धनपछि बन्ने सरकारको प्रधानमन्त्रीको रुपमा हेर्न थालिएका एमाले अध्यक्ष केपी शर्मा आलीले कम्युनिष्टको नाममा सेयर बजार अस्त व्यस्त बनाउन खोजिएको धारणा पुनः सार्वजनिक गरेका छन् ।

बिहीवार ब्रोकर कम्पनी लगायत अन्य व्यवसायीहरुसँगको भेटमा ओलीले यस्तो बताएका हुन् । ओलिले आफुलाई ब्रोकरहरुलाई हाल लगाउन खोजिएको भ्याटको बारेमा पनि राम्ररी थहा भएको बताउदै बजारलाई अस्तव्यस्त बनाउने प्रयास भएको पनि बताए ।

‘भ्याट आतंक सृजना गर्न खोजेको कुरापनि मलाई थाहा छ, निर्वाचन सम्पन्न भइसकेपछि पनि काम चलाउ बनेको सरकारले बजार अस्तब्यस्त बनाउन खोजेका छन्,’ ओलीको आरोप छ । हालै आन्तरिक राजस्व बिभागले तीन ब्रोकरलाई भ्याट तिर्न पुन : पत्राचार गरेको छ । २०६९/७० देखिको भ्याट तिर्न राजस्वले पत्राचार गरेको थियो ।

मूल्य अभिवृद्धि कर सम्बन्धि निर्देशीकाको दफा ४.१७ ले सेयर किनबेचसंग सम्बन्धित सेवा, सेयर निष्कासनलाई पनि छुट हुने विषयमा उल्लेख छ । ओलीले आगामी सरकार गठन पछि सम्वृद्धिको यात्रामा सबै सहभागी हुने र पूँजी बजारले पनि आफ्नो बाटो लिने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment