Comments Add Comment

टाइगर जिन्दा है, सलमान-कट्रिनाको गठवन्धन कति रोचक ?

अन्ततः सलमान खानका फ्यानहरुको प्रतिक्षाको घडी सकिएको छ । आज सुक्रवारदेखि अंग्रेजी बर्षको मैजारो गर्न ‘टाइगर जिन्दा है’ हलमा चढिसकेको छ । यसको ओपनिङ धमकेदार रहेको भारतिय मिडियाहरुले जनाएको छ ।

‘एक था टाइगर’को यो सिक्वेलमा सलमानसँग क्याटरिनाले स्क्रिन शेयर गरेकी छिन् । पूर्व प्रेमी-प्रेमिका अभिनित फिल्म धेरै कारणले प्रतिक्षित थियो । एक त यो यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको हो । बिग बजेटको फिल्मको तलतल यसले मेट्नेछ ।

अली अब्बास जफरको निर्देशनमा बनेको यो फिल्म एक्सन दृश्यले भरिपूर्ण छ । साथै फिल्मको कथा पनि रसिलो भएको वताइन्छ ।

रोमान्स

फिल्ममा सलमान र कट्रिनाको रोमान्समा खास फोकस गरिएको छैन । किनभने यो एक्सन फिल्म हो । तर, दुबैलाई हरक्षण एकसाथ देखिनेछ । दुबै उत्कृष्ट देखिन्छ ।

फिल्मका भिलेन

फिल्मको भिलेनले दर्शकलाई चिढ्याउन सक्छ । र, यही नै निर्देशकको जित हो ।

एक्सन दृश्य

फिल्मको एक्सन दृश्यलाई एकदमै शानदार ढंगले कोरियोग्राफी गरिएको छ । थिएटरमा यी दृश्यले दर्शकलाई रोमाञ्चित तुल्याउनेछ ।

जंगली कुकुरसँगको लडाई

हिउँमा जंगली कुकुरसँग सलमानको घम्साघम्सी भयानक देखिन्छ । यो दृश्यले पनि दर्शकलाई लोभ्याउनेछ ।

पूर्व प्रेमी-प्रेमिकाको गठबन्धन

यो फिल्मको पहिलो भाग ब्लकबस्टर रह्यो । त्यसकारण पनि ‘टाइगर जिन्दा है’ प्रतिक्षारत रह्यो । यसमा पाँच बर्षपछि पूर्व प्रेमी-प्रेमिका सलमान र क्याटरिना जोडिएका छन् ।

सलमान-कट्रिनाको परीक्षा

सलमानसँग अलग्गिएर रणवीरसँग जोडिन पुगेकी क्याटरिनाको निम्ति ‘टाइगर जिन्दा है’ले खास अर्थ राख्छ । जसै उनी सलमानबाट टाढिए, बलिउडमा उनको जोडदार उपस्थिती देखिएन । सुनिए अनुसार, उनको करियर नै धर्मराउन पुगेको अवस्था थियो ।

त्यसपछि आफ्ना ‘गडफादर’कै रुपमा पनि लिइने सलमानसँग उनी निकट हुन थालिन् । सलमानले उनलाई ‘करियर टिप्स’ समेत दिन कन्जुस्याँइ गरेनन् । रणवीरसँग छुटिएपछि क्याटरिना सलमानलाई भेट्न फिल्मको सेटमा नै पुग्ने गर्थिन् । लामो सुस्ततापछि यही फिल्मबाट क्याटरिनाको करियर फेरी गतिशिल बन्ने अपेक्षा गरिएको छ ।

यता सलमान खानले पनि यसपाली सिल्भर स्क्रिनमा जादु देखाउन सकेनन् । निकै हौसाएको ‘टुयुबलाइट’ले कमाल गर्न सकेन । यसरी ओह्रालो लाग्दै गरेको करियरलाई उकास्नका लागि उनले ‘टाइगर जिन्दा है’को फोरो समात्नुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment