Comments Add Comment

निर्माण कार्य सम्पन्न नहुँदै यसरी भत्कियो तानसेन-तम्घास सडक

७ पुस, पाल्पा । तानसेन-तम्घास सडक खण्डको टक्सार क्षेत्रमा सडक बनेको तीन महिना नबित्दै भत्किन सुरु भएको छ । जवकी सोही योजनाको बसपार्कदेखि क्याम्पस रोडसम्मको काम सुरु नै भएको छैन ।

यो सडक तानसेन नगरपालिकाकाले एक महिना सडक बन्द गरेर निर्माण गरेको थियो । यसरी आवातजावत बन्द गरेर निर्माण गरेको सडक निर्माणसँगै भत्किए पछि स्थानीय चिन्तित बनेका छन् ।

स्थानीयले सडक निर्माणका क्रममै गडबड गरिएको स्थानीयले शंका गरेका छन् ।

‘यहाँ यति छिटै छड देखिन थालेको छ । सडक बनाउँदा पक्कै गडबड भएको हुनुपर्छ । नत्र यती छिटै कसरी भत्किन्छ ?’ स्थानीय कमला रानाले बताइन ।

आरसीसी गरेको सडक भत्किएर छड देखिन थालेको छ । स्थानीय वासिन्दाले निर्माण व्यवसायी र नगरपालिकाका इन्जिनियरको लापरवाहीले यस्तो अवस्था आएको बताएका छन् ।

नगरपालिकाका इन्जिनियर मनोहरलाल शाक्यले टक्सार मोड नजिकको ढलानमा स्थानीय वासिन्दाको कारणले केही कमजोरी भएको बताए । ‘सडकमा ढलान गरेकै बेलामा सडक वारी र पारीका घरहरुबीच झगडा भएको थियो । पानी कसकोमा नजाने बनाउने भन्ने होडबाजी र झगडाले गर्दा सडक अली कम गुणस्तरको बनेको हो ।’ इन्जिनियर साक्यले भने ।

एकातिर भत्किन सुरु भैसक्दा सोही योजनाको सडक मर्मत गर्ने काम भने अझै सकिएको छैन ।

बसपार्कदेखि एक सय मिटर क्याम्पस गेट अगाडीसम्मको भागमा कालोपत्रे गर्न अलपत्र छाडिएको छ ।

नाली खनेर त्यत्तिकै अलपत्र पारिएको छ । छेउछेउमा खनेर त्यत्तिकै राख्दा धुलो उडेर स्थानीय व्यापारी समेत हैरानीमा परेका छन् ।

व्यापारी लक्ष्मण रेग्मीले बाटो अलपत्र छाड्दा दुर्घटना समेत भइरहेको भन्दै नगरपालिकाको लापरहारीले समस्या ल्याएको बताए ।

गत असारमा म्याद सकिएपनि निर्माण व्यवसायीको लापरवाही र नगरपालिकाले ठेकेदार कम्पनीलाई काम गराउन नसक्दा अझै काम सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment