Comments Add Comment

रेखा र सविनको ‘हिरो रिटन्र्स’ ‘लम्फू’सँग भिड्ने


केहि दिन अगाडि मात्र चलचित्र ‘लम्फू’ले वैशाख २८ लाई आफ्नो प्रदर्शन मिति तोकेको थियो । तर, त्यसको केहि दिनमै अर्को चलचित्रले पनि यो मितिमा आफ्नो प्रदर्शनको घोषणा गरेको छ ।
निर्माण भएको लामो समय भैसक्दा पनि नायक सविन श्रेष्ठको प्रस्तुतीमा बनेको चलचित्र ‘हिरो रिटन्र्स’ले आफ्नो प्रदर्शन मिति तय गरेको थिएन । अब, यो चलचित्र वैशाख २८ मै रिलिज हुने भएको छ ।

यो चलचित्रमा रेखा थापा, सविन श्रेष्ठ, दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर ‘इकु’, रोशन श्रेष्ठ, डीबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । ‘हिरो’ चलचित्रबाट नेपाली रजतपटमा डेब्यू गर्दै स्टार अभिनेत्रीको ट्याग पाएकी रेखा यो चलचित्र रिलिज हुँदा आफ्नै डेब्यू चलचित्रको ब्राण्डलाई जिवित राख्ने कोशिशमा छिन् ।

नायक तथा निर्माता सविनले चलचित्रका केहि दृष्य चित्त नवुझेका कारण रिसुट गरेको बताए । रिलिज ढिलाई हुनुमा पनि रिसुट एउटा कारण रहेको उनको भनाई थियो । चलचित्रमा आशिष भेटवालको निर्देशन रहेको छ ।

कमेडी एक्सन जनरा भनिएको चलचित्रमा शिवम अधिकारीको कथा छ भने मदनकाश्यप घिमिरेले क्यामेरा चलाएका छन् । दिपक शर्मा र टंक बुढाथोकीको संगीत समावेश चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment