Comments Add Comment

क्रिस्टिनालाई ‘सानी’ भन्दैछन् ‘इकु’


चलचित्र ‘फिर्के’मा समावेश एक रोमान्टिक गीत सार्वजनिक भएको छ । पौष २१ गतेबाट रिलिज हुन लागेको चलचित्रको ‘सानी सानी’ बोलको गीतको भिडियो रिलिज गरिएको हो । विश्व नेपाली र जुना प्रसाइँको स्वर रहेको गीतमा रामशरण नेपालीको शब्द, विश्वको नै संगीत समावेश छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुलेमान शंकर ‘इकु’ र नव–नायिका क्रिस्टिना पौडेललाई फिचरिङ गरिएको छ । चलचित्रमा अर्पण थापा, विष्णु सापकोटा, ऋचा शर्मा, अर्जुन गुरुङ लगायतका कलाकारको पनि अभिनय छ ।

रवि डंगोलले निर्देशन गरेको चलचित्रमा सुलेमान शिर्ष भूमिकामा देखिएका छन् । ओमला गुरुङ र राजेश श्रेष्ठ निर्माता रहेको चलचित्रमा अभिमन्यू निरबीको लेखन, अष्ट महर्जनको एक्सन, मीत्र डी गुरुङको सम्पादन, रामकुमार केसीको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment