Comments Add Comment

ऐश्वर्यले पूर्व ब्वाइफ्रेण्ड सलमानलाई यसरी चिढाइन्  

एकताका सलमान खान र ऐश्वर्य रायको जोडीले बलिउडमै तहल्का मच्याएको थियो । सलमान आफैमा ह्यान्डसम, ऐश्वर्य झन् राम्री । उनीहरुको दाम्पत्य कति सुन्दर होला भनेर अनुमानको खेती धेरै भए । तर, उनीहरुको सम्बन्ध टिकेन ।  दुई अलग भए । त्यसबीचमा ऐश्वर्यले अभिषेक बच्चनसाग बिहे गरे । छोरी जन्माइन् । यतिबेलासम्म सलमान-ऐश्वर्यको सम्बन्धको राप सेलाइसकेको थियो ।

तर, हालै भने ऐश्वर्यको एउटा कदमले सलमानसाग रिस फेरेको जस्तो देखिन्छ । भएको के भने, सलमानले केहि समयअघि आफ्नो म्यानेजर रेश्मा सेट्टीलाई विदा दिएका थिए । १० बर्षसम्म सलमानको म्यानेजर बनेकी रेश्मालाई सलमानले विदा दिएपछि उनीहरुबीच तित्तता बढ्ने नै भयो । यसलाई थप मलजल गरे, खिलाडी ब्वाई अक्षयकुमारले ।

सलमानले रेश्मालाई बिदा दिए लगत्तै अक्षयले उनलाई नियुक्त गरे । यहि निहुामा अक्षय र सलमानबीच मनमुटाव भयो । कति कार्यक्रममा आमनेसामने भएर पनि उनीहरु बोलेनन् ।

अहिले भने सलमानलाई चिढ्याउने काममा पूर्व गर्लफ्रण्ड ऐश्वर्य अघि सरेछिन् । उनले रेश्मालाई अभिषेकको म्यानेजर बनाएर भित्र्याइन् । अभिषेकका लागि पूर्व ब्वाईफ्रेण्डको दुश्मनलाई हात लिएपछि सलमानको रक्तचाप बढ्ने नै भयो ।

जसै ऐश्वर्यले रेश्मालाई नियुक्त गरिन्, पति अभिषेक निकै खुसी भएको खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment