Comments Add Comment

दिनमै पाँच पटकसम्म लुगा फेर्थें: वर्षा शिवाकोटी

एकसय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी वर्षा शिवाकोटीले भर्खरै चलचित्र ‘भैरे’को काम सकिन् । ‘नाइ नभन्नु ल -२’, ‘पशुपतिप्रसाद’ लगायतका चलचित्रमा काम गरेकी वर्षाको बाल्यकालको स्मरण उनकै शब्दमा:

पहिलो दिन स्कुल जाँदाको क्षण सम्झन्छु । मलाई स्कुल जानै मन लागेको थिएन । डराएकी थिएँ । ‘स्कुल जान्न’ भन्दै रोएकी थिएँ । मलाई आमा छोड्नै मनलाग्दैनथ्यो । म त ममीको पुच्छरै थिँए । ममीलाई छोड्ने भनेपछि मलाई रुन मन लागिहाल्यो । ‘एल केजीसम्मै रुँदै स्कुल गएँ ।

टिफिन प्रायः घरवाटै बनाएर लैजान्थें । मलाई ती दिनहरुमा अण्डा र फ्राइराइस निकै मनपथ्र्यो । तर, खान भने अल्छि लाग्थ्यो । त्यहिकारण साथीहरुलाई शेयर गर्थें । कक्षामा होमवर्क नगरेको भनेर कहिल्यै सजाय भने पाइन । हो, पि्रन्सिपल सुजिल वन्तलाई देखेपछि भने औधी डराउँथे । बाफ रे, सातो पुत्लो उडथ्यो । म मात्रै हैन वन्त सरलाई देखेपछि साथीहरु पनि सबै डराउँथे ।

अक्सिडेन्टल पब्लिक स्कुलमा पनि पढियो । उक्त स्कुलका पि्रन्सिपल डिबी निरौला झन डरलाग्दो हुनुहुन्थ्यो । स्कुलमा कुनै केटाकेटीले खान मानेनन् भने पनि डिबी सरको नाम लिन्थे । उहाँको नाम सुन्नासाथ केटोकटी भटाभट खान्थे ।

घरमा बस्दा भाँडाकुटी मलाई खुब मनपथ्र्यो । नक्कल त कति पार्ने कति । दिनमै चार पाँच पटकसम्म लुगा फेर्थें । नाच्न गाउन खुब मनपथ्र्यो । दाइसँग निकै झगडा गर्थें । दाइ कस्तो भने छुच्चो । मेरो लागि केही किनेर ल्याएको छ भने पनि दाइले क्वाप्पै खाइदिनुहुन्थ्यो । त्योबेला मलाई कम्ती रिस उठथेन । म ठुस्स परेर, ‘पान, मसाला, सुपारी, हड्डी कट्टी’ भन्दै बस्थें । म रिसाएको देखेपछि दाइ फकाउन थाल्नुहुन्थ्यो । मलाई फकाउन उहाँ सिपालु । फकाइहाल्नुहुन्थ्यो । ‘एक दुइ दिन बोल्दिन’ भन्थें दाई आएर फकाइहाल्नुहुन्थ्यो ।

दिनभरि रोएर बित्यो

म आठ कक्षामा पढ्दाको कुरा हो । स्कुलले लुम्बिनी, पोखरा र चितवन भ्रमण लैजाने भयो । यी सबै ठाउँमा म  गइसकेकी थिएँ । मलाई बाबाले जान नदिने कुरा गर्नुभयो । साह्रै नरमाइलो लाग्यो । स्कुलै नगई रोएर बसीरहेकी थिएँ । मलाई बाबाले जान नदिएको कुरो स्कुलमै पुगेछ । अनि त स्कुलका शिक्षकसहित साथीहरु नै आएर बाबासँग मेरो पक्षमा कुरा राखे । बाबाको मन पनि पग्लीयो, मैले भ्रमणमा जान अवसर पाएँ ।

स्कुल पढ्दा खेत रोपेको क्षण म कहिल्यै बिर्सन्न । मैले त्यसबेलासम्म कहिल्यै खेतमा टेकेकी थिइन । एकदिन स्कुलले खेत रोप्न लग्यो । शुक्रवार परेको थियो । ह्वाइट डे्रस लगाएर हिलोमा पसेपछि म त बिरुपै भएँ । हिलोले बिरुप बनाए पनि मलाई रमाइलो लागेको  थियो ।

बाबाको पैसा चोर्थें

बेला बेलामा म बाबाको पर्सवाट पैसा झिक्थें । तर, १० रुपैयाँभन्दा बढी कहिल्यै झिकिन । त्यसरि झिकेको पैसा जम्मा गरेर राख्ने वानी थियो । अहिले पनि मलाई आफ्नो वाल्यकाल सम्भिmँदा रमाइलो लाग्छ । सबै साथीहरुसँग मेरो सम्बन्ध राम्रो थियो । साथीहरुमध्ये अनामिका अलि छुच्चि थिइन् । जस्मिन भने अलि रुन्चे स्वभावकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment