Comments Add Comment

आँप चोर्दै हिँड्ने केटो यसरी बन्यो सुपरस्टार

५२ बर्ष पुगे सलमान खान

‘टाइगर जिन्दा है’ ले बक्स अफिसमा धुम मच्याइरहेको बेला टाइगर अर्थात सलमान खानले ५२ औं जन्मदिन मनाउँदैछन् । उनको जन्मदिन भोलि हो । उमेरले ५० उकालो लागेपनि उनको जवानी खुम्चिएको छैन । यी अविवाहित अभिनेताको फूर्ति १६ बर्षे ठिटाको जस्तै छ । यसपाली फोब्र्सले सार्वजनिक गरेको सूचीमा उनी बलिउडका सर्वाधिक कमाई गर्ने सेलिब्रेटीमा दरिएका छन् । यस दौडमा उनले आफ्ना समकक्षी खानहरुदेखि विराट कोहलीसम्मलाई तल पारेका छन् ।

अतः सलमानले भोलि आफ्नो जन्मदिनको केक काट्नेछन् । यसै मेसोमा उनको जीवनसँग जोडिएका केही रोचक कुरा पेश गरिएको छ ।

-सलमानको जन्म इन्दौरको कल्याणमल नर्सिङ २७ डिसेम्बर १९६५ मा बिहान १० बजेर ४५ मिनेटमा भएको थियो ।

-उनको वर्थ रजिस्टरमा यस्तो लेखिएको थियो, ‘सलमा सलीम, निवासी ओल्ड पलासियाले २७ डिसेम्बरमा भएको डेलिभरीमा एक स्वस्थ्य बच्चालाई जन्म दिइन् ।

-जन्मको बेला सलमानको तौल करिव ३ किलो थियो ।

-सलमानलाई सानो छँदा पानीमा डुब्न डर लाग्थ्यो । यस्तो अवस्थामा एक दिन उनलाई डोरीले बाँधेर छिमेकीको कुवामो फ्याकिएको थियो । यो सलमानको लागि स्विमिङको पहिलो पाठ थियो ।

-त्यसपछि नै हो, सलमान निरन्तर उक्त कुवामा पौडन जान थालेको । बाल्यकालमा उनले यही स्विमिङ सिके ।

-सानो छाँदा उनी इन्दौरको सडकमा साइकल कुदाउँथे, खासगरी स्कुल विदामा ।

-त्यसबेला उनी साथीहरुसँग मिलेर काँचो आँप र जामुन चोरी गर्थे । त्यसलाई नुनमा चोपेर खान्थे ।

स्कुटर चलाउथे सलमान

सलमानले वाल्यकालमा भिन्न भिन्नै शहरमा पढे । यद्यपी छुटी मनाउन भने उनी इन्दौर नै पुग्थे । उनलाई मध्यन्हमा साइकल वा स्कुटर कुदाउन खुब रहर लाग्थ्यो । त्यसबेला उनी खानेकुराको एकदमै सौखिन थिए । नजिकैको पसलमा गएर खाइरहन्थे । उनको घरको आँगनमा फलफूलको रुख थियो, जहाँ चढेर उनी फलफूल खान्थे ।

धुलाम्मे बाटोमा बाइक स्टन्ट

सलमान खान जिप चढेर गाउँ जान्थे । त्यहाँको बाटो धुलाम्मे हुन्थ्यो । त्यही बाटोमा उनी बाइक स्टन्ट गर्थे । यसरी रेसिङ स्टन्ट गर्ने क्रममा एक पटक सलमानको हात भाँचियो । त्यहीताकाको कुरा । एकपटक सलमान लगायत चढेको जिप खाल्डोमा फस्यो । त्यहाँ पानी भरिएको थियो । उनीहरु सबै मिलेर जिपलाई खाल्डोबाट बाहिर निकाले । त्यसबेलासम्म सबैको कपडा हिलैहिलो भइसकेको थियो । आखिरमा उनीहरुले त्यही खाल्डोमा पौडी खेले ।

जिद्दी थिए सलमान

वाल्यकालमा सलमान निकै जिद्दी थिए । उनका आफन्तले बताए अनुसार उनले एक पटक गर्छु भनेको कुरा गरेरै छाड्थे । उनी स्टन्टका सौखिन थिए । १२ बर्षको उमेरमा उनी तीन मिटरको छलाङ मार्थे । कहिले उनी चट्टाने बाटोमा त कहिल सिंढीमा साइकल सन्तुलन गर्थे ।

पढाईमा होइन, खेलकुदमा ध्यान

सलमान वाल्यकालमा पढाई लेखाइप्रति उस्तो ध्यान दिदैनथे । पिता सलीमले उनलाई पढ्नका लागि देशकै राम्रो स्कुल सिन्धिया बोर्डिङ स्कुलमा पठाए । तर, सलमान पढाईमा नभई खेलकुदमा बढी ध्यान दिन्थे ।

सलमानको वाल्यकालको साथी अहिले मजदुर

सलमानको वाल्यकालको साथी हुन्, दल्ला । उनी अहिले गाउँमै मजदुरी गर्छन् । दल्लाका अनुसार उनी निसाना लगाउनका माहिर थिए । एउटा ढुंगाले ऊ उडिरहेको चरा पनि खसाल्न सक्थे । उनको यहि खुबीको कारण सलमानले अहिलेपनि उनलाई सम्झने गरेका छन् । सलमानले वाल्यकालको साथीलाई अझै भुलेका छैनन् ।

केटी गिज्याउने सलमान

सलमान केटी गिज्याउने सवालमा पनि निकै माहिर थिए । उनी केटीहरुसँग निकै हाँसो ठट्टा गर्थे । स्कुलमा उनी यस्तै हर्कत गर्नेमा बढी चर्चित थिए । त्यसबेला उनी बच्चाहरुलाई खुब चलाउथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment