Comments Add Comment

ओली र प्रचण्डबीच भेटवार्ता

१२ पुस, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

बुधबार दिउँसाे अाेली निवास बालकाेटमा दुर्इ नेताबीच भेटवार्ता भएकाे हाे । भेटमा उनीहरूबीच पार्टी एकता, सरकार गठन, राष्ट्रियसभा अध्यादेश लगायतका विषयमा छलफल भएकाे छ ।

दुई अध्यक्षबीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएकाे समेत बताइएकाे छ । केही दिनभित्रमै संयाेजन समितिकाे बैठक बाेलाएर पार्टी एकताकाे प्रक्रिया अघि बढाउने समझदारी समेत भएकाे छ ।

यसअघि अोली र प्रचण्डबीच मंगलबार साँझ नै भेटवार्ता हुने भनिएपनि भएकाे थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment