Comments Add Comment

‘टाइगर जिन्दा है’ कट्रिनाका कारण सफल: सलमान


५ दिनमै १ सय ७१ करोड कमाएको चलचित्र ‘टाइगर जिन्दा हे’ सफल हुनुको श्रेय नायक सलमान खानले नायिका कट्रिना कैफलाई दिएका छन् । ५२ वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा सलमानले कट्रिनाकै कारण चलचित्र सफल भएको दाबी गरे । ‘टाइगर जिन्दा हे’ ले निकै राम्रो ब्यापार गरेको छ । यसको एकमात्र कारण कट्रिना कैफ हुन् ।’ सलमानले भने ।

कट्रिनाबाट जन्मदिन उपहार के आयो भनेर संवाददाताले सोधेको प्रश्नको जवाफ दिँदै सलमानले भने-‘टाइगर जिन्दा हे मेरो लागि सबै भन्दा ठूलो उपहार हो ।’ सलमानले भने ।

कुनै समय प्रेममा रहेका सलमान-कट्रिनाको ब्रेकअप भएपछि कट्रिना केहि समय नायक रणवीर कपुरसँग लिभइन रिलेशनमा रहिन् । अहिले कट्रिना-रणबीरको पनि ब्रेकअप भैसकेको छ । सलमान-कट्रिनाले ब्यबसायिक सम्बन्ध कायम राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment