Comments Add Comment

पोखरा सडक महोत्सव सुरू

५ वर्षमा २० लाख पर्यटक भित्र्याउने दाबी

१३ पुस, पोखरा । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखराको लेकसाइडमा विहीबारदेखी ‘पोखरा सडक महोत्सव’ सुरू भएको छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ फेवाताल किनार कोमागाने पार्कमा आयोजित पाँच दिने महोत्सव शुरु भएको हो ।

पुस १७ गतेसम्म हुने महोत्सवको प्रतिनिधि सभाका नव निर्वाचित सांसद रबिन्द्र अधिकारीले बेलुन उडाएर गरे ।

महोत्सव अघि पोखराको खहरे चोकबाट महोत्सव स्थलसम्म झाँकीसहितको र्‍याली निकालिएको थियो ।

र्‍यालीमा सहभागी भएका झाँकी मध्ये पुन समाज पोखरा प्रथम, दुधपोखरी तमु समाज द्वितीय, तमु प्ये ल्हुँ संघ पोखरा तृतीय तथा फेवा डुंगा ब्यबसायी समितिले सान्त्वना स्थान प्राप्त गरे ।

महोत्सव पोखराको सहीदचोकदेखी खहरे–डिहिकोपाटनसम्मको करीब ३ किलोमिटर क्षेत्रमा सञ्चालन हुनेछ । पर्यटन क्षेत्रको विकास गर्दै पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा बिकास गर्ने मूल लक्ष्यसहित महोत्सव आयोजना गरिएको रेबान पोखराका अध्यक्ष तथा कार्यक्रम संयोजक चौबहादुर गुरुङले जानकारी दिए ।

वर्षमा २० लाख पर्यटक भित्राउँछौंः अधिकारी

प्रतिनिधिसभाका नवनिर्वाचित सांसद् रबिन्द्र अधिकारीले ५ वर्षभित्रमा पोखरामा वार्षिक २० लाख पर्यटक भित्र्याउने दाबी गरेका छन् ।

पोखरा सडक महोत्सवको विहीबार उद्घाटन कार्यक्रममा बोल्दै निवर्तमान संसद विकास समितिका सभापतिसमेत रहेका अधिकारीले चुनावी घोषणा पत्रमा आफ्नो पार्टीले १० वर्षमा वार्षिक २० लाख पर्यटक भित्राउने उल्लेख गरेपनि ५ वर्षमै उक्त उपलब्धी प्राप्त गर्नसकिने दाबी गरेका हुन् ।

अधिकारीले केरुङ–काठमाडौं–लुम्बिनी हुँदै पोखरा रेल आउने दाबी गर्दै त्यसपछि सडक मार्ग, हवाई मार्ग र रेलबाट विदेशी पर्यटक आएपछि पोखरामा पर्यटक पुग्दो हुने उनको भनाई थियो ।

पोखरा विश्वकै नमूना पर्यटकीय स्थल भएको र यो विश्वमै उदाहरणीय रहेको प्रसङ्ग कोट्याउँदै उनले भने,‘हामीले एउटा राम्रो सभ्यता र संस्कार दिएका छौं, यहाँ बेलुका रातीसम्मै पर्यटक बस्छन्, खान्छन्, रमाउँछन् तर कुनै घट्ना घट्दैन, शान्त र सुरक्षित छ, यस्तो अन्त कतैपनि हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment