Comments Add Comment

पर्सामा २९ वटा मानवअधिकार उलंघनका घटना

१४ पुस, वीरगञ्ज । पर्सा जिल्लामा एक वर्षमा २९ वटा मानव अधिकार उलंघनका घटना भएको सार्वजनिक गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले वीरगञ्जमा शुक्रबार आयोजना गरेको वाषिर्क पूर्व समीक्षा गोष्ठीमा २९ वटा मानव अधिकार उलंघनका घटना पर्सामा घटेको सार्वजनिक गरिएको हो ।

नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८ को वाषिर्क समिक्षा पूर्व गोष्ठीमा इन्सेकका पर्सा प्रतिनिधि केसी लामिछानेले पर्सा जिल्लामा ०१७ को जनवरीदेखि यता विभिन्न प्रकृतिका मानवअधिकार उलंघनका २९ घटना भएको जानकारी दिए ।

पर्सामा एक वर्षमा ६ वटा हत्याका घटना भएका छन्, जसमा ४ जना महिला छन् । अधिकाशं महिलाहरुको हत्या परिवारका सदस्यहरुबाटै भएको देखिएको छ । भने १६ वर्ष मुनीका ४ जना किशोरी र बालिकालाई बलात्कारको प्रयास भएको छ भने १६ वर्ष भन्दा माथिका ६ जना युवती र महिलालाई बलात्कारको प्रयास भएको छ । जसमध्ये २ वटा घटनाका प्रतिवादीहरु अझै फरार रहेका छन् ।

त्यस्तै एक वर्षमै १६ वर्ष भन्दा मुनीका ३ जना किशोरी र बालिकाको तथा ५ जना १६ वर्ष भन्दा माथिका युवती तथा महिला बलात्कृत भएका छन् । १६ वर्ष भन्दा मुनिका किशोरी तथा बालिकालाई बलात्कार गर्ने एक प्रतिवादी फरार छन् ।

त्यस्तै इन्सेक पर्साले दिएको जानकारी अनुसार पर्सा जिल्लामा अंग्रेजी महिनाको एक वर्ष भित्रमा मानव बेचविखनका २, कथित बोक्सी आरोपका २ र बाल विवाहका १ वटा मुद्धा दर्ता भएका छन् । इन्सेकका पर्सा प्रतिनीधि लामिछानेेले बोक्सी आरोपमा प्रताडित हुने एक जना महिला अधिकारकै क्षेत्रमा क्रियाशिल महिला रहेको जानकारी दिए । ‘ पर्सा जिल्लामा कथित बोक्सीको आरोपमा अधिकारकर्मीलाई नै शारीरिक र मानसिक यातना दिने काम भएको छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment