Comments Add Comment

प्रेमदेखि लफडाको प्रश्नमा ऋचाको जवाफ-‘नेक्स्ट क्वेइसन प्लिज’


चलचित्र ‘फिर्के’मा नायिका ऋचा शर्मासँग काम गर्नु आफ्ना लागि सबैभन्दा खराब अनुभव भन्दै केहि समय अगाडि नव-नायिका क्रिस्टिना पौडेलले स्टाटस लेखिन् । स्टाटस लेखेपछि कुनै न कुनै कारणले हटाउनु, नेपाली कलाकारका लागि कुनै नयाँ कुरा होइन । क्रिस्टिनाले पनि स्टाटस हटाइन् । तर, उनले स्टाटस हटाउनु अगाडि नै अधिकांश मिडियामा त्यो सुरक्षित भैसकेको थियो ।

चलचित्र ‘फिर्के’को प्रमोशनमा नदेखिएकी नायिका ऋचा शर्मा शनिबार आयोजित पत्रकार सम्मेलनमा उपस्थित भइन् । पत्रकारको प्रश्नमा निकै रुखो जवाफ दिएकी उनले अधिकांश प्रश्नमा धन्यवाद नयाँ प्रश्न, धन्यवाद नयाँ प्रश्न भनिरहेकी थिइन् ।

ऋचाको यहि रुखो शैलीका कारण उनीसँग इन्टरभ्यू लिन भनेर पत्रकार सम्मेलनमा पुगेका केहि मिडियाकर्मी इन्टरभ्यू नै नलिई फर्किए । ऋचाले अधिकांश प्रश्नको जवाफ निकै रुखो शैलीमा दिएकी थिइन् । बजारमा आफ्नो बारेमा चलेका अधिकांश गसिप वा समाचारको जवाफ, कलाकारले निकै भद्र शैलीमा दिने गर्छन्, जो विश्वमै स्टार पनि छन् । सायद, एउटा स्टारको स्टारडम बन्नु र जोखिनुको पछाडि यस्ता कुराले ठूलो अर्थ राख्छ ।

ऋचाले आफ्नो चलचित्रमा जम्मा ३ सिन भएको बताइन् । प्रचारमा पनि आफ्नो कारणले बढी महत्व राख्ने भएकाले निर्माणपक्षले आफ्नो नामलाई अगाडि सारेको उनको भनाई थियो । एउटा राम्रो चलचित्रमा सानो भूमिका गर्न पाउनु पनि ठूलो कुरा भएको उनको जवाफ थियो ।

सानो भूमिका भएपनि किन गर्नुभएको त, यो प्रश्नमा ऋचाले भनिन्-‘मैले १५ वटा सिनेमा गरे, जसमा ७ वटामा सपोर्टिङ भूमिकामा नै काम गरेको छु । अर्को प्रश्न प्लिज ?’

उनले, आज पनि ‘लुट’ मेरो चलचित्र हो भनेर गर्वका साथ भन्न सक्छु भन्दै जवाफ फर्काइन् । एक पत्रकारले प्रश्न सोधिन्-‘तपाई र नायिका क्रिस्टिना पौडेलविचको लफडा के हो ?’ ऋचाले रुखो शैलीमा जवाफ फर्काइन्-‘के मा खबर आएको थियो, मैले स्टाटस त देखिनँ । त्यो स्टाटस देखाइदिनु न त ? अर्को प्रश्न प्लिज ?’-(क्रिस्टिनाले लेखेको स्टाटस यस्तो थियो)

यस्तो लाग्थ्यो, ऋचा पत्रकारले मलाई नै सबै प्रश्न सोध्छन् र म ‘नयाँ प्रश्न प्लिज’ भन्छु भन्दै पहिले नै तयार थिइन् । चलचित्रको निर्माणपक्षले ऋचा र क्रिस्टिनाविच लफडा भएको स्विकार्नु, क्रिस्टिनाले पनि ऋचालाई गेट वेल सुन भन्दै स्टाटस कोर्नु(जुन पछाडि उनले हटाइन्), आदि कारणले पनि यी दुई नायिकाविच लफडा भएको कुरा घाम जस्तै छर्लङ्ग छ । तर, ऋचा पत्रकारसँग नै प्रमाण खोजिरहेकी थिइन् ।

अर्का पत्रकारले फेरि प्रश्न सोधे, तपाई र अर्पण थापाले एकपछि अर्को चलचित्रमा काम गरिरहनु भएको छ । बजारमा तपाइहरुविच प्रेम रहेको चर्चा समेत छ । के भन्नुहुन्छ ? ऋचाले जवाफ दिइन्-‘एउटा विवाहित मानिससलाई कसैसँग आवद्ध गर्नु अगाडि हजार पटक सोच्नुहोला । बजारमा के हल्ला छ र छैन भन्नेपछि लागेर हुँदैन । बारम्बार फिल्म गर्नुको पछाडि प्रेममा रहनु होइन । अर्को प्रश्न प्लिज ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment