Comments Add Comment

समानुपातिक सूची सच्याउन ६ पार्टीलाई पत्राचार

१८ पुस, काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको सूची सच्याउन ६ राजनीतिक दलहरुलाई पत्राचार गरेको छ ।

नेपाली कांग्रेस, राजपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई मंगलबार पत्राचार गरिएको हो । आयोगका अनुसार अन्य दलहरुको सूचीमा भने समस्या छैन ।

आयोग प्रवक्ता दिनेश घिमिरेका अनुसार २० गतेभित्र दलहरुले सच्याएर सूची बुझाइसक्नुपर्ने छ ।

‘क्रमभंग भएको, समावेसी नभएको, महिला हुनुपर्नेमा पुरुष भएको लगायतका समस्या देखिएकाले संशोधित सूची बुझाउन भनिएको छ,’ प्रवक्ता घिमिरेले भने ।

२० गतेपछि सच्याउन भनेअनुसार भए-नभएको जाँचबुझ गर्ने र फेरि पनि त्रुटी देखिए ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाउने घिमिरेको भनाइ छ ।

उनले भने, ‘ऐनको व्यवस्थाअनुसार भएको भए तुरुन्तै निर्णय गरिहाल्छौं तर समावेशी समूह नमिलेको वा आयोगले भनेअनुसार नभएमा निर्वाचित नगर्नेसम्मको व्यवस्था छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment