Comments Add Comment

प्रधानमन्त्रीलार्इ ढाका टोपी लगाइदिएर मनाइयो पाँचौ टोपी दिवस

१८ पुस, काठमाडाैं । जनवरी १  अर्थात नेपाली टोपी दिवसको अवसरमा पारेर पाँचौ अन्तराष्ट्रिय नेपाली टोपी दिवस, बिभिन्न कार्यक्रम गरी देशविदेशमा मनाइएको छ ।

बिगत ४ वर्षदेखि अभियानका रूपमा मात्र रहेको अन्तराष्ट्रिय नेपाली टोपी दिवसलाई थपव्यवस्थित र विश्वमय बनाउने उदेश्यले, ‘नेपाली टोपी प्रतिष्ठान’ नामक सामाजिक संस्था गठन गरी तदर्थ समिति पनि निर्माण गरिएको छ ।

जसको अध्यक्षमा संस्थापकमध्येका एक शंकर बन्जाडे र उपाध्यक्षमा अर्का संस्थापक डा. लेखनाथ काफ्ले छन् ।

पाँचौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने क्रममा, ‘नेपाली टोपी प्रतिष्ठान’का तदर्थ समितिका सदस्यहरुले प्रधानमन्त्री शेरबहादुर देउबाको प्रमुख आतित्थमा प्रधानमन्त्री सचिवालय बालुवाटार पुगी प्रधानमन्त्री देउबालार्इ नेपाली टोपी र मायाको चिनो प्रदान गरेका छन् ।

उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले संस्थाका सदस्यहरु क्रमसः शंकर बन्जाडे, प्रकाश अधिकारी, भुवन नेपाल, प्रभाकर आचार्य, सन्जिब पुडासैनी र रोशन झालाई नेपाली टोपी लगाई दिनु भएको थियो ।

यस वर्ष टोपी दिवसलार्इ थप विश्वब्यापी बनाउन, गैरआवासीय नेपालीहरुको अन्तर्राष्ट्रिय संगठन(एनअरएन)सँग समन्वय गरी विश्वका ७८ देशहरुमा पनि विभिन्न कार्यक्रम गरी नेपाली टोपी दिवस मनाइएको छ ।

नवगठित संस्थाका अधक्षा एवं टोपी दिवसका संस्थापक शंकर बन्जाडे भन्छन,’नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपाली मुल भाषीहरुले आ-आफ्नो धर्म जाति र संस्कृतिअनुसार पहिरिने सबैप्रकारका टोपी, नेपाली टोपी नै हुन् नेपाली टोपी, नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश /स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न हो ।’

नेपाली टोपी दिवसलार्इ जनवरी-१ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य, अंग्रेजी नयाँ वर्षलार्इ बिशेष प्राथमिकता दिई सहभागी हुने परम्परालार्इ निरुत्साहित गरी सो दिनलाई नेपाली टोपी दिवसको रुपमास्थापना गरी नेपाली टोपीलार्इ नेपालीहरुको अन्तराष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको नेपाली टोपी प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment