Comments Add Comment

गुल्मीमा धान उत्पादनमा बृद्धि

१८ पुस, गुल्मी । गुल्मीमा यो वर्ष धान उत्पादन बृद्धि भएको छ । जिल्ला कृषि बिकास कार्यालय गुल्मीले दिएको उत्पादनको तथ्याङ्ककका आधारमा जिल्लामा गत वर्ष भन्दा यो वर्ष धान उत्पादनमा बृद्धि भएको हो ।

जिल्लाको बिभिन्न ठाउँमा रहेको कुल १० हजार ४ सय ३५ क्षेत्रफलमा लगाइएको धान बालीमा यस वर्ष २९ हजार ९ सय ९ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालय गुल्मीका कृषि प्रसार अधिकृत रणबहादुर महतोले जानकारी दिए ।

गत वर्ष र यस वर्ष पनि एउटै क्षेत्रफलमा उत्पादन भएपनि यस वर्ष अघिल्लो वर्ष भन्दा ५ प्रतिशत बढी उत्पादन भएको हो ।
जिल्लामा अघिल्लो वर्ष २७ हजार ९ सय १२ मेट्रिक टन धान उत्पादन भएको थियो ।

समयमै उचित वर्षा भएसँगै गत वर्षको तुलनमा हेर्दा यस वर्ष गुल्मीमा धान उत्पादनमा बृद्धि आएको जिल्ला कृषि बिकास कार्यालय गुल्मीले जनाएको छ ।

हाल जिल्लामा रामधान, खुमल चार, खुमल छ, खुमल दश, हंसराज, मकवानपुर १, खमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेको जिल्ला कृषि बिकास कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा धान उत्पादनमा सघाउ पुर्‍याउन जिल्ला कृषि बिकास कार्यलय गुल्मीले बिउमा अनुदान, साना सिचाइँ सहकारी सिचाइँमा सहयोग, बालिसंरक्षण रोग किरा नियन्त्रण, बिभिन्न तालिमसहित प्राबिधिक सहयोग सल्लाह दिदै आएकोे कृषिप्रसार अधिकृत रणबहादुर महतोले जानकारी दिए ।

जिल्लामा हाल तीन हजार ६२६ क्षेत्रफमा वर्षभरी नै सिचाइँको व्यवस्था रहेको छ । ६ हजार तीन सय ९८ क्षेत्रफल खेतमा आशिंक सिचाइँको व्यवस्था रहेको छ ।

जिल्लामा सबैजसो ठाउँमा सिचाइँको प्रयाप्त व्यावस्था नहुँदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment