Comments Add Comment

दिशा स्पष्ट नहुँदा बढेको बजारमा मुनाफा सुरक्षित गर्ने हाेड


१७ पुस, काठमाडौं । दिशा स्पष्ट नभइसकेको बजारमा लगानीकर्ताहरु मुनाफा सुरक्षित गर्न त तल्लिन हुन थालेपछि बजार लगभग स्थिर देखिएको छ । कारोबारको मध्यमा १८ अंकसम्म बढेको बजारले १६ अंक गुमाएको छ । बजार बन्द हुँदा नेप्से परिसूचक २.४४ अंकले बढेर १४३७ मा सीमित भएको छ ।

लगानीकर्ता फोरमले हरेक दिनजसो बिभिन्न निकायका अधिकारीहरु भेटघाट गरिरहेका छन् । यिनै कारण बढेको बजारबाट थोरै भएपनि मुनाफा सुरक्षित गर्ने लगानीकर्ताहरुको रणनीतिले बजारमा सामान्य सुधार देखिएको हो । मंगलवार कारोबार रकम भने बढेर ६३ करोड रुपैयाँ पुगेको छ ।

मंगलवार तीन बैंकले केही निक्षेप योजनामा नयाँ ब्याजदर तोकेका छन् । सेञ्चुरी कमर्सियल बैंकले व्याजदर ०.५ प्रतिशतले, सिद्धार्थ बैंक र सिभिल बैंकले १ प्रतिशतले ब्याजदर घटाएका छन् । यद्यपी बजारमा तरलता सहज भइसकेको देखिँदैन ।

यही सन्दर्भमा बैंक अफ काठमाण्डूको बोलकबोल हकप्रद सेयर बिक्रीमा उठेको लगभग ४ अर्ब मध्ये ३ अर्ब बढी रुपैयाँ फिर्ता हुने भएको छ । सबै रकम बैंकिङ प्रणालीमा नफर्कन पनि सक्छ । तरलता समस्याको कारण सो सेयरमा नपरेको रकम फिर्ता हुन नै समय लागेकोले रकम बाहिरीने सम्भावनाको पनि बैंकिङ प्रणालीमा केही न केही दबाब भने पर्ने देखिएको छ ।

मंगलबार बजार बन्द हुँदा बैंकिङ, व्यापार मुलक र ‘अन्य’ समूहको परिसूचक भने बढेरै बन्द भयो । यी समूहमा १ प्रतिशतभन्दा कमको सुधार कायम भयो । कारोबार हुने प्रमुख १० मा वाणिज्य बैंककै अग्रता रह्यो ।

२० प्रतिशत बोनस सेयर घोषणा गरेको कृषि बिकास बैंकको सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले बढेको छ । कृषि बिकास कारोबार रकमको आधारमा प्रमुख १० भित्र पर्न सफल भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य र कारोबार रकममा वृद्धि रोकिएको छैन् । सबैभन्दा धेरै कारोबरा हुनेमा पहिलो भएको बैंकको ६ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment