Comments Add Comment

कांग्रेसको नेतृत्व गर्न म पनि लायक छुः शेखर कोइराला

१९ पुस, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापतिका लागि आफू पनि योग्य रहेको बताएका छन् ।

प्रतिनिधिसभा चुनाव पराजय व्यहोरेपछि उनी नेतृत्वको दौडमा नरहेको मानिएको थियो । तर, कोइरालाले पार्टी सभापतिमा आफ्नो दाबेदारी कायम रहेको संकेत दिएका छन् ।

बुधबार बिराटनगरस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले आफू पनि कांग्रेसको पदीय जिम्मेवारी लिन सक्ने अवस्थामा रहेको बताए । उनले भने, ‘म लायक छैन भन्ने अवस्थामा छैन । म लायक छु ।’

पार्टीमा सुरु भएको युवालाई नेतृत्व हस्तान्तरणको बहसतर्फ इंगित गर्दै उनले भने, ‘म कार्यकर्ता भेट्ने र खट्नेमा पनि उनीहरु जतिकै छु । युवाहरुको जाँगर र पाकाहरुको होस् मिलाएर कांग्रेस वनेको छ, त्यसलाई युवाहरुले पनि विसनु भएन ।’

देउवाले सरकार छाड्दा राम्रो

नेता कोइरालाले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले सरकार छाड्नु पर्ने वताए ।

संविधान अनुसार राष्ट्रियसभा गठनपछि मात्र सरकार छोड्नु पर्ने भएपनि प्रजातान्त्रिक मुलुकमा निर्वाचन भएपछि सरकार छाड्ने परिपार्टी रहेको बताए । ‘संविधानत देउवाजी अहिले सरकार प्रमुख हो’ उनले भनेका छन्, ‘तर, निर्वाचनको मत परिणाम आएको यतिका दिनसम्म सरकारमा वसिरहनु उचित हुँदैन ।’

कांग्रेस नेता कोइरालाले वाम गठवन्धनले सरकार निर्माणको लागि जनमत पाएको बताए ।

तर, एमाले र माओवादीबीच अहिले नै पार्टी एकिकरण हुनेमा आफु विस्वस्त नरहेको वताए । ‘सरकार निर्माणका दुई पार्टी संयुtm रुपमा हुनेछन् । तर, अहिलेको परिस्थितिमा पार्टी एकिकरणको अवस्था म देखिँदन’ कोइरालाले भने ।

अध्यादेश रोक्न खोज्नु अधिनायकवादको पहिलो खुडि्कलो

वाम गठवन्धनले राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश रोक्न राष्ट्रपति विद्या भण्डारीलाई दबाब दिनुलाई अधिनायकवादको पहिलो खुडकिलो भएको उनले बताए ।

उनले भने ‘माओवादी र एमालले जसरी अध्यादेश रोक्न दबाब दिने काम भयो, त्यो अधिनायकवाद हो । उनीहरुले अधिनायकवादको चरित्र प्रस्तुत गरेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment