Comments Add Comment

विश्वव्यापी छन्द कविता भिडियो प्रतियोगितामा मेनुकाले मारिन् बाजी

१९ पुस, काठमाडौं । पहिलो पटक आयोजना गरिएको विश्वव्यापी छन्दकविता भिडियो प्रतियोगितामा मोरङकी मेनुका चापागाईंले बाजी मारेकी छन्। उनको ‘यही स्वर्ग मेरो’ शीर्षक कविता प्रतियोगितामा प्रथम भएको छ।

अमेरिकामा दर्ता भएको नेपाली साहित्यकारहरूको संस्था ‘छन्द-अलङ्कार’द्वारा आयोजित विश्वव्यापी छन्द कविता भिडियो प्रतियोगिता- २०१७ मा जापानमा रहेकी श्रष्टा सविना रेग्मी द्वितीय भएकी छन् भने तनहुँका श्रष्टा गोविन्दगोपाल खतिवडाले तृतीय स्थान हासिल गरेका छन् ।

यसरी नै मोरङका श्रष्टा रोहित पराई र उदयपुरका श्रष्टा भवानी खतिवडाले सान्त्वना प्राप्त गरेका छन्।

प्रतियोगिताको मूल्याङ्कनका लागि डा. देवी नेपालको संयोजकत्वमा दुर्गा रिजाल (अमेरिका) र नारायण गाउँले (बेलायत) गरी तीन जनाको निर्णायक समिति तथा पुरानाघरे (अमेरिका) र ज्ञानु विद्रोही (नेपाल) गरी दुई जनाको कार्यकारी निर्णायक समिति निर्माण गरिएको थियो।

प्रतियोगितामा विश्वभरिबाट १०२ वटा छन्द कविताहरूको सहभागिता रहेको आयोजक छन्द-अलङ्कारका कार्यकारी निर्देशक भोला शिवाकोटी (पुरानाघरे)ले जानकारी दिए।

प्राप्त भिडियोमध्ये प्रहिलो चरणमा छन्द नमिलेका २७ वटा कविताहरूलाई प्रतियोगिताबाट हटाएर ७५ वटा कविताको भिडियोबाट निर्णय गरिएको बताइएको छ ।

नेपाली कवितालाई प्रविधिमुखी बनाएर प्रस्तुत गर्ने र भिडियो हेरेर कविताको मूल्याङ्कन गर्ने काम आजभन्दा अगाडि कहीँकतै नभएको र यो नै पहिलो भएको निर्णायक समितिका संयोजक डा. नेपालले बताए । ‘त्यसकारण पनि यस प्रतियोगिताको ऐतिहासिक मूल्य छ भन्ने हामीलाई लागेको छ’, उनले भने ।

प्रतियोगितामा नेपाल, भारत, भूटान, अमेरिका, बेलायत, जापान, यूएई, बर्मा, इजरायल, क्यानाडा, दक्षिण कोरिया गरी ११ वटादेशमा रहेका नेपाली छन्दकविहरूको सहभागिता रहेको आयोजकले बताएको छ ।

प्रतियोगितामा शार्दूलविक्रीडित छन्दका ५० वटा कविताहरू सहभागी थिए भने पञ्चचामर छन्दका सात, भुजङ्गप्रयात, अनुष्टुप् र मन्दाक्रान्ता छन्दका तीन/तीन,शिखरिणी छन्दका दुई र स्रग्विणी, उपजाति, तोटक, वसन्ततिलका, स्रग्धरा र चर्चरी छन्दका एक/एककविताहरूगरी जम्मा १३ वटा छन्दका कविता रहेका थिए । एउटा कवितामा भने विविध छन्दको प्रयोग गरिएकोडा. नेपालले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले ३११ अमेरिकी डलर प्राप्त गर्नेछन् भने द्वितीयले २५५, तृतीयले १११ अमेरिकी डलर प्राप्त गर्नेछन् ।

सान्त्वना प्राप्त गर्नेले ५१/५१ अमेरिकी डलर प्राप्त गर्ने आयोजकले बताएको छ । पुरस्कार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी वितरण गरिने कार्यकारी निर्देशक पुरानाघरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment