Comments Add Comment

वियरिश ट्रेण्ड नपुग्दै सम्हालिने प्रयासमा नेप्से, मुनाफा सुरक्षितले नेप्से घट्दो


१९ पुस, काठमाडौं । दुई दिन अगाडी आक्रामक रुपमा बढेको बजार तेस्रो दिनमा नै घट्न थालेको छ ।

चैत यताको सर्वाधिक उच्च विन्दु १६७९ विन्दुबाट लगभग १८ प्रतिशतले घटेको नेप्से वियरिश ट्रेण्डको मुखबाट फर्किने गर्दै आएको छ । बजारमा बुल प्रवृित्त सुरु हुन २० प्रतिशतले वृद्धि हुनुपर्दछ भने वियरिश प्रवृत्ति सुरु हुन २० प्रतिशतले नै घट्नु पर्छ भन्ने विश्वव्यापी मान्यता छ ।
लामो समयपछि बढेको बजारको लाभ लिदै सेयर बेच्ने क्रम बढेपछि नेप्से पुनः घट्न थालेको हो ।

यद्यपी नेप्सेले १४ सयमा पुनः टेवा परिक्षण गर्ने सम्भावना बाँकी छ । यसअघि १३९० बिन्दुबाट बढेको नेप्से त्यही विन्दुबाट बढेमा बजार पुन केही समय बढ्ने सम्भावना छ ।

यस्तो भएमा डबल बटम वा डब्लु आकृती निर्माण हुने र बजार पुनः वृद्धि हुने सम्भावना देखिएको हो । बुधवार नेप्से २० अंकले घटेर १४१६ बिन्दुमा आइपुगेको हो ।

बजार घटेसँगै कारोबार रकम भने घटेको छ । यसदिन ४४ करोड रुपैयाँको कारोबार भएको हो । बजार घट्दा पनि मल्टिपपर्स फाइनान्स, कालिका माइक्रो, गुडविल फाइनान्स लगायत १६ कम्पनीको मूल्य घटेको हो ।

सात समूहका परिसूचक १ प्रतिशतभन्दा धेरैले घट्यो । बुक क्लोजपछि नेपाल टेलिकमको सेयर मूल्य उच्चले घटेपछि ‘अन्य’ समूहको परिसूचक २ प्रतिशतले घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment