Comments Add Comment

टाटा मोटर्सको सोरुममा ‘जनवरी फेस्ट’

२० पुस, काठमाडौं । टाटा मोटर्स र यसको नेपालका लागी अधिकारिक बिक्रेता, सिप्रदी ट्रेडीङ्ग प्रा.लि. ले नयँा बर्षको उपलक्ष्यमा जनवरी फेस्ट कार्यक्रम संचालन गर्ने भएको छ ।

उक्त कार्यक्रममा टाटा मोटर्सको थापाथली स्थीत अत्याधुनिक सोरुममा मिति पुस २१ गतेदेखि २३ गतेसम्म संचालन हुने छ ।

उक्त अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु जेस्ट, टियागो, टिगोर, केक्जा, स्ट्रोम लगायतको गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न र जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेञ्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

कार्यक्रमको विशेष आर्कषण गाडीको अवलोकनको साथ साथै इन्सुरेन्सको सुविधा, अन द स्पट फाइनान्सको सुविधा, म्याजिक शो, मनोरञ्जनात्मक नृत्यहरु तथा फुडहरुको मज्जा लिन सकिने कम्पनीले जनाएको छ । उक्त अवधि भर बुकिङ गर्नुहुने ग्रहाकहरुलाई आर्कषक उपहारको पनि व्यवस्था गरिएको छ ।

बिहान १० बजे देखि बेलुकी ६ बजे सम्म चल्ने कार्यक्रममा ग्राहकहरुको उल्लेख्य सहभागिता रहनेमा पनि कम्पनी विश्वस्त रहेको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment