Comments Add Comment

‘इकु’को ‘फिर्के’ रिलिज


वुद्दिसागरको चर्चित पुस्तक ‘फिरफिरे’बाट नाम राख्न खोजेपनि अन्त्यमा कलाकार तथा निर्माता सुलेमान शंकर ‘इकु’ले चलचित्रको नाम ‘फिर्के’ राखेका थिए । ‘इकु ब्याक अगेन’बाट भोगेको नमिठो घाटालाई उनी, यो चलचित्रबाट उठाउन चाहन्छन् । इकुको आशामा रहेको चलचित्र ‘फिर्के’ आजबाट देशभरका हलमा रिलिज भएको छ ।

रवि डंगोलको निर्देशनमा तयार भएको चलचित्रमा सुलेमान शंकर, अर्पण थापा, ऋचा शर्मा, क्रिस्टिना पौडेल लगायतका कलाकारको अभिनय छ ।
गाउँबाट शहर पसेको एक यूवा कसरि ‘फिर्के’ बन्छ भन्ने कथालाई यो चलचित्रले उठान गरेको छ । चलचित्रले आफ्नो ‘इकु’ परिचय फेर्ने अपेक्षा प्रस्तुतकर्ता तथा कलाकार सुलेमानले गरेका छन् ।

हलमा लामो समयदेखि गतिलो चलचित्र रिलिज नभएकाले पनि दर्शक एउटा उत्कृष्ट चलचित्रको प्रतिक्षामा छन् । ‘इकु’ चलचित्र ‘फिर्के’ले दर्शकको त्यो तृष्णा पुरा गर्नेमा ढुक्क छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment