Comments Add Comment

थापाथलीको टाटा शो-रुममा ‘जनवरी फेस्ट’को रौनक


२१ पुस, काठमाडौं । टाटा मोटर्स र यसको नेपालका लागि अधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्षको उपलक्ष्यमा ‘जनवरी फेस्ट’ कार्यक्रम सुरु गरेको छ ।

कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित अत्याधुनिक शो-रुममा शुक्रबारदेखि सुरु भएको हो । आइतबारसम्म सञ्चालन हुने कार्यक्रममा टाटा प्रेमीहरुको भीड लागेको छ ।

यसमा ग्राहकले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु जेस्ट, टियागो, टिगोर, केक्जा, स्ट्रोम लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न र जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेञ्ज गर्न सकिने व्यवस्था गरिएको छ ।

‘जेन फेस्ट’मा गाडीको अवलोकनको साथसाथै इन्सुरेन्सको सुविधा, अन द स्पट फाइनान्सको सुविधा, म्याजिक शो, मनोरञ्जनात्मक नृत्यहरु तथा फुडहरुको मज्जा लिन सकिन्छ ।


फेस्ट अवधिभर बुकिङ गर्नुहुने ग्राहकहरुलाई आर्कषक उपहारको पनि व्यवस्था गरिएको टाटाको असिस्टेन्ट जनरल म्यानेजर अर्जुन कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।

बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म चल्ने कार्यक्रममा ग्राहकहरुको उल्लेख्य सहभागिता देखिएको छ ।

‘नयाँ वर्षमा गाडी किन्नेहरुलाई हामीले उत्कृष्ट अफरका साथमा नयाा शो-रुममा स्वागत गर्न पाउँदैछौं,’ कार्की भन्छन्,’टाटाका ग्राहकले हाम्रो शो-रुममा टाटाका उत्कृष्ट उत्पादनलाई उत्सवका बीच नजिकबाट हेर्न, किन्न र एक्सचेन्ज गर्न माका पाउनुहुनेछ ।’

टाटाले आफ्नो नयाँ कार शो-रुमलाई भब्य र शानदार रुपमा प्रस्तुत गरेको छ । ६ हजार २ सय स्क्वायर फूटमा फैलिएको टाटाको शो-रुम नेपालकै सबैभन्दा ठूलो आधुनिक अटो शो-रुम भएको दावी कम्पनीको छ ।

यही भव्य शो रुममा कम्पनीले जनवरी फेस्ट आयोजना गरेर नयाँ वर्षमा गाडी किन्ने ग्राहकलाई विशेष सुविधा दिएको छ ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment