Comments Add Comment

‘पिंकु मिस’ बनेकी रेखाको जवानीले बबाल बनाएपछि…


नायिका रेखा थापालाई दर्शकले चलचित्रको पर्दामा आइटम नृत्य गर्दै गरेको कमै मात्र देखेका छन् । झन्, चलचित्र क्षेत्रमा हिट भएपछि रेखाले आइटम नृत्यमा रहर नै देखाइनन् ।

हिट नायिकाले म्यूजिक भिडियोदेखि आइटम नृत्य समेत गरिरहँदा रेखा त्यो बाट पर नै बसिन् । तर, अहिले रेखाको करिअर ओरालो लागेको छ । रेखाले अभिनय गरेका चलचित्र चल्नै छाडेका छन् ।

उनै, रेखाले आजबाट रिलिज भएको चलचित्र ‘राज्जा रानी’मा अभिनय मात्र गरेकी छैनन्, एक गीतमा आइटम नृत्य पनि गरेकी छिन् । ‘पिंकु मिस’ बोलको आइटम गीतमा रेखाको जवानीको चर्चा गरिएको छ ।

यो चलचित्रमा रेखा विशेष भूमिकामा छिन् । रेखाको भूमिका के हो भन्ने वुझ्न दर्शकले चलचित्र नै हेर्नुपर्नेछ । यम थापाको शब्द, ताराप्रकाश लिम्बुको संगीत रहेको यो गीतमा सहिमा श्रेष्ठको स्वर छ । पुरुषोत्तम प्रधानले खिचेको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ ।

चलचित्र रिलिज भएकै दिन निर्माणपक्षले रेखाको विशेष भूमिकाको खुलासा समेत गरेको हो । चलचित्रमा भने केकी अधिकारी र नाजिर हुसेनको मुख्य भूमिका छ । यम थापा यसका निर्देशक हुन् भने रमेश एम के पौडेल यसका निर्माता हुन् । चलचित्रले दाइजो प्रथाको कथालाई उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment