Comments Add Comment

सिद्धार्थ बैंकले १४ प्रतिशत, पोखरा फाइनान्सको साढे ८ प्रतिशत बोनस


२१ पुस, काठमाडौं । सिद्धार्थ बैंकले १४ प्रतिशत र पोखरा फाइनान्सले ८.२६ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकहरुको विहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । हाल १५ प्रतिशत हकप्रद सेयर जारी गरिरहेको पोखरा फाइनान्सले हकप्रद भर्नेले समेत बोनस पाउने गरि प्रस्ताव गरेको हो । हकप्रदपछि ७५ करोड ४१ लाख पुग्ने फाइनान्सको बोनस पछि पुँजी ८१ करोड ६३ लाख रुपैयाँ पुग्ने भएको छ । कम्पनीले कर वापत नगद लाभांश पनि प्रस्ताव गरेको छ ।

सिद्धार्थले कर वापत लाभांश प्रस्ताव गरेको देखिदैन् । लगानीकर्ता आफैले यसबापतको रकम तिनुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment