Comments Add Comment

कृष्ण धरावासीको ‘ग्रेट अफ द फल्स’लार्इ अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार

७ जनवरी, अमेरिका । उपन्यासकार कृष्ण धरावासीको ‘ग्रेट अफ द पल्स’ वर्ष २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तकका रूपमा घोषित भएको छ ।

सर्वोत्कृष्ठ पुस्तक ‘ग्रेट अफ द फल्स’ लार्इ पुरस्कारसहित एक हजार ५०० अमेरिकी डलर प्रदान गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा विश्वभरिका नेपाली साहित्यकारहरुका विभिन्न विधाका कृतिलाई प्रदान गर्दै आएको अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१७ एक समारोहकावीच धरावासीको ‘ग्रेट अफ द पल्स’ उपन्यासलार्इ प्रदान गरिएको हो ।

कार्यक्रममा विभिन्न पुरस्कारद्वारा १९ जना साहित्यकारहरूलार्इ सम्मान गरिएको थियो ।

१९ जना पुरस्कृत हुनेहरुमा अधिकाश उपस्थित भएका थिएनन् । उपस्थित हुनेहरुमा अनेसास शान्तिराम ढकाल अन्तर्राष्ट्रिय नवप्रतिभा साहित्य पुरस्कार शकुन ज्ञवालीको तिमी र म कवितासङ्ग्रहलाई प्रदान गरिएको छ ।

यसैगरी अनेसास शिव लामिछाने सर्वोत्कृष्ट छन्दोबद्ध काव्य पुरस्कारका लागि कवि सुदीपभद्र खनालको भुइँफूलको गीत कवितासङ्ग्रहलाई दिइएको छ ।

यसैगरी अनेसास गोबर्धन पूजा अन्तर्राष्ट्रिय भाषासाहित्य पुरस्कारका लागि कवयित्री कल्पना सत्यालको कवितासङ्ग्रह द विलो लाई दिएको छ ।

कार्यक्रमका लागि अनेसासका पूर्व पदाधिकारीहरु,अमेरिकाका विभिन्न राज्यहरुबाट आएका पदाधिकारी, साहित्यकार, अतिथि तथा बिभिन्न संघ/संस्थाका प्रतिनिधिहरु को सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत अर्जुनकुमार कार्की (बिद्या वारिधि )ले कार्यक्रमको पानसमा बत्ति बाली उद्घाटन गरेका थिए ।

कार्यक्रममा राजदुत कार्कीले मन्तब्य राख्ने क्रममा बिदेशमा भाषा संस्कृतिलाई साहित्यकारहरुले योगदान गरेको कुराको प्रशंसा गर्न चाहेको बताए ।

अमेरिकामा जन्मेका दोश्रा पुस्ताका बालिकाहरुले नेपाली तथा अंग्रेजी दुवै देशका राष्ट्रिय गीत गाएका थिए । कार्यक्रमको सभापतित्व केन्द्रीय अध्यक्ष पदम बिश्वकर्माले गरेका छन् भने संस्थापक अध्यक्ष होमनाथ सुबेदी, पूर्व अध्यक्षहरु, बोर्ड अफ ट्रस्टीका सभापति डा. श्याम कार्की , अनेसास बोर्ड अफ ट्रस्टिज् पुरस्कार समितिका अध्यक्ष सीता पाण्डे लगायत अन्यको उपस्थिति रहेको थियो ।

बोर्ड अफ ट्रस्टीका सभापति डा. श्याम कार्कीले सर्बोत्कृष्ट पुरस्कार अब क्षेत्रीय रुपमा गर्नु पर्ने बताए । यसको साथै बिजेताहरुका पुस्तक कम्तिमा पनि एक हजार बेच्ने प्रयास गर्नु पर्ने कुरामा जोड दिए ।

कार्यकममा बिजेता कृष्ण धरावासीले ग्रेट फल्सले डायसपोरिकलाई समातेको बताए । उनले उक्त पुस्तक जीवन र संघर्षमा आधारित रहेको बताए । उनले अगाडि पुस्तक बारेमा कुरा राख्दै पुस्तक कल्पना र सत्य मिसिएको बताए ।

कृष्ण धरावासीको अंग्रेजी पुस्तक राधा ,बिमला निरौला को सिडी तथा नर्बे बाट आएका बैज्ञानिक संसार एक पाठशाला को समेत बिमोचन गरियो ।

यसैगरी अनेसास पुरस्कार वितरणकी सभापति सीता पाण्डे, महाबाणिज्य दूत प्रेम राजा महत, यूवा साहित्यकार ह्यारी एचबी भण्डारी, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, नर्वेका साहित्यकार तथा बैज्ञानिक बिशाल सिटौला ,अनेसास का बोर्ड अफ ट्रस्टिका रोहिणी शर्माले मन्तव्य दिएका थिए ।

अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले आफूले प्राप्त गरेको २ हजार डलरको रकम व्यक्तिगत रुपमा खर्च नगरी किताब प्रकाशनमा खर्च गर्ने घोषणा गरे ।

यसैगरी अनेसासको आफ्नै एक भवन डिसीमा क्षेत्रमा खरिद गर्ने बिषयमा चर्चा गरिएको र त्यसका लागि अग्रिम रुपमा केही रकम प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

कार्यक्रम बोर्ड अफ ट्रस्टीका सचिव शिब लामिछानेले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment